कैलाली । सहकारी संस्थाका व्यवस्थापकहरुको संस्था कोअपरेटिभ म्यानेजर्स क्लब कैलालीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले लाल बहादुर भण्डारीको अध्यक्षता १९ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा नवराज न्यौपाने र रुद्रप्रसाद खनाल निर्वाचित भएका छन् । त्यसैगरी समितिको महासचिवमा नरेन्द्र टमट्टा, सचिवमा अमर बहादुर कुँवर र कोषाध्यक्षमा टीकाराम जोशी निर्वाचित भएका छन् ।
सभाले १३ जना सदस्यहरु कैलाली जिल्लामा रहेका १३ वटा पालिका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था गरेको छ । नवनिर्वाचित कार्य समितिको आजै बसेको पहिलो बैठकले संस्थापक अध्यक्ष छबिलाल जैशीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। समितिका सदस्यहरुमा चन्द्रकान्त खनाल, प्रकाश कुमार जोशी, योगेश बोहरा र दिनेश गेलाल रहेका छन् ।
क्लबका अध्यक्ष छबिलाल जैशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का संचालक तथा सुदुर पश्चिम प्रदेश बचत संघका अध्यक्ष माधवप्रसाद जोशी प्रमुख अतिथि रहेका थिए । जोशीले क्लबले सहकारी अभियानलाई सशक्त बनाउनको लागि उदाहरणीय काम गरिरहेको बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष भुपेन्द्र थापा, घोडाघोडी नगरपालिका सहकारी शाखा प्रमुख हेमाकान्त सुवेदी, निर्वाचन अधिकृत भक्त बहादुर विष्ट लगायतले मन्तव्य राख्नु भएको थियो । क्लबका उपाध्यक्ष लाल बहादुर भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालक सचिव नरेन्द्र टमट्टाले संचालन गर्नुभएको थियो ।
साधारणसभाले कोषाध्यक्ष प्रकाश कुमार जोशीले प्रस्तुत गर्नुभएको २ लाख ४४ हजार २९५ बराबरको आयरव्यय विवरण पारीत गरेको छ । त्यसैगरी महासचिव रुद्रप्रसाद खनालले प्रस्तुत गर्नुभएको आगामी योजना सहित प्रस्तुत प्रगति प्रतिवेदन समेत सर्वसम्मत पारीत भएको छ ।
Leave a comment