विराटनगर । जिल्ला बचत संघ मोरङले सदस्य केन्द्रित कार्यक्रम सुरु गरेको छ । “साकोसका वर्तमान समसामयीक समस्या समाधानको विधिः सदस्य केन्द्रित गतिविधि” नारा दिएर संघले कार्यक्रम सुरु गरेको हो ।
मंसिर २२ गते शुक्रबार, जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको उर्लाबारी–मिक्लाजुङ साकोस युनिटले उर्लाबारी नगरपालिका र मिक्लाजुुङ गाउँपालिका अन्तरगत रहेका आफ्ना सदस्य संस्थाहरुको अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सहभागितामा उर्लाबारी नगरपालिका वाड नं ५ स्थित श्री सगरमाथाको सभाहलमा एक दिवसीय भेलाको आयोजना गरी कार्यक्रम सुरु गरेको संघले जनाएको छ ।
“साकोसका वर्तमान समसामयीक समस्या समाधानको विधिः सदस्य केन्द्रित गतिविधि” विषयक एक दिने अन्तक्रिया कार्यक्रममा बचत संघका सचिव एवम् उर्लाबारी–मिक्लाजुङ साकोस युनिटका संयोजक जीवन बस्नेतले उक्त विषयमा सहजीकरण एवम् कार्यपत्र प्रश्तुत गरेका थिए ।
उनले साकोसहरुले लाभांशमा भन्दा सदस्यहरुको सेवामुलक कार्यमा उच्चतम ध्यान केन्द्रित गर्नु पर्ने, सदस्यहरुलाई सहकारीपनको प्रत्याभुति दिलाउन सक्नुपर्ने लगायतका विषयमा जोड दिएका थिए । साकोसले झेल्नु परेका वर्तमान समस्याहरु, समस्याका कारणहरु र यसका समाधानका विधिहरुबारे पनि बस्नेतले जानकारी गराएका थिए ।
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेमप्रकाश कोइरालाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागीहरुको सुझाव समेत लिइ कार्यक्रममा नेफ्स्कून सञ्चालक गोमा नेपाल, उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय कार्यकारी अधिकृत अर्जुन निरौला र कोशी प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हरिप्रसाद सुवेदीले थप सुझाव र मार्गदर्शनहरु व्यक्त गरेका थिए ।
संघले यस्ता खालका कार्यक्रमहरु नियमित गर्ने जनाएको छ । सहकारीमा देखिएका विविध समस्याका कारण सहकारीप्रति धेरैको नकारात्मक धारणा बनिरहेको बेला सदस्य संस्थाहरुलाई मजबुद बनाउनका लागि पनि यस्ता खालका कार्यक्रम निरन्तर आवश्यक पर्ने र सदस्य संस्थाको समस्यामा संघ निरन्तर सँगै रहने प्रतिवद्धता सहित कार्यक्रमलाई अगाडि बढाईएको जनाईएको छ ।
Leave a comment