हाइलाइट

आगलागि पिडितलाई सद्भाव साकोसको सहयोग

आगलागि पिडितलाई सद्भाव साकोसको सहयोग :: Sahakari Akhabar

विराटनगर । रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले आगलागि पिडितलाई सहयोग गरेको छ । रंगेलीका मुन्सी टुडुको घरमा केही दिन अगाडि आगो  लाग्दा लत्ताकपडा तथा घरभित्र राखिएका खाद्यान्नका सामानहरु सवै जलेको थियो । दैनिक काम गरेर ल्याएको खाद्यान्न पूर्ण रुपमा जलेपछि सहकारीले पिडित परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

सहकारीले चामल, भुजा, सोयाबीन तेल तथा नून लगायताका खाद्यान्न सामाग्री सहयोग गरेको सहकारीका अध्यक्ष कमलेश्वर ठाकुरले जानकारी दिए । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यकता परेको संघ संस्था, परिवार तथा व्यक्तिहरुलाई विभिन्न सहयोग गर्दै आएको छ ।



Leave a comment