विराटनगर । मोरङको विराटनगर –३ बुद्धचोक स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिं. को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
संस्थाको १५ औं साधारणसभाले पूनः राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा खनाल र लेखासंयोजकमा निधि पूनःचयन भएका हुन् ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएका निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सितादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिएका छन् ।
१५ औं साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नुपर्ने भएकोले संस्थाले पूर्व अध्यक्ष दाहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो ।
निर्वाचन समितिले मंसिर १६ गते उम्मेद्वारको अन्तीम नामावली प्रकासित गर्ने गरि प्रकासित गरेको निर्वाचन तालिका अनुसार कोषाध्यक्ष वाहेकका सबै पदमा एक / एक जनाको मात्रै उम्मेद्वारी परेपछि उनिहरु सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको थियो ।
कोषाध्यक्षमा भने खतिवडा र मदनकुमार पुडासाईं गरि दुई जनाको उम्मेद्वारी परेपछि उनिहरु र निर्वाचन समिति बीच गोलाप्रथाबाट विजयी टुंगो लगाउने सहमती भएको थियो । जसमा खतिवडा विजयी हुन सफल भएको निर्वाचन समितिका संयोजक दाहालले जानकारी दिए ।
त्यसैगरि लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् । सहकारीले आर्थिक वर्ष २०७९÷०८० मा २४ लाख ३७ हजार रुपैयाँ मुनाफा गरेको छ ।
विराटनगरमा सोमबार सम्पन्न सहकारीको १५ औं वार्षिक साधरणसभामा सहकारीले कर पछि सो बराबरको खुद नाफा गरेको जानकारी गराएको हो ।
सहकारीको आर्थिक प्रतिवेदन अनुसार सहकारीले ऋण कारोबारबाट १ करोड ७१ लाख ५३ हजार ५३ रुपैयाँ, लगानी आम्दानीबाट ६ लाख १४ हजार १ सय ४४ रुपैयाँ, संचालन आम्दानी १८ लाख ६२ हजार २५२, कर्जा जोखिम कोष फिर्ता ५८ हजार ९२८ रुपैयाँसहित कुल आम्दानी १ करोड ९५ लाख ८१ हजार ७५० रुपैयाँ आम्दानी गरेको लेखा समितिका संयोजक अविनाशकुमार निधीले जानकारी दिए ।
सहकारीको शेयर पूँजी २ करोड ३१ लाख १५ हजार ७ सय रुपैयाँ, निक्षेप हिसाब ९ करोड ६६ लाख ९४ हजार ७६१, ऋण लगानी हिसाब ११ करोड १२ लाख ६८ हजार २५, बैंक तथा नगद मौज्जादत २ करोड १० लाख ५४ हजार ५०९ रुपैयाँ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ ।
सोही अवसरमा सहकारीले १५ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । यसैगरी सर्वोत्कृष्ट बचतकर्ता रंजिता घिमिरे र प्रकाश अधिकारीलाई सम्मान गरिएको थियो । सर्वोकृष्ट उद्यमी लक्ष्मीदेवी पौडेल र पारसमणि आचार्य पुरस्कृत भएका थिए ।
सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद खनालको अध्यक्षतामा भएको साधारण सभामा बोल्दै कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । सहकारीले आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
Leave a comment