जनकपुर । धनुषाधाम नगरपालिका २ मा रहेको साना किसान कृषि सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। गत शनिबार संस्थाका अध्यक्ष प्रभुनारायण शाह तेलीको सभापतित्व तथा मिथिला विहारी नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा संस्थाका अध्यक्ष शाह तेलीले साना किसान कृषि सहकारी संस्था साना किसान विकास आयोजना २०३२ सालमा सुरुवात गराई त्यस पश्चात २०६२ भदौ २० गते तत्कालिन साना किसान विकास आयोजना धनुषाधामबाट सामुदायमा हस्तान्तरण भएको जानकारी दिए।
उनले साना किसान कार्यक्रमले सामाजमा रहेका अति गरिबको रेखामुनि सुकुम्वासी अति सिमान्तकृत पिछडा वर्ग दलित आदिवासि जनजाती मुस्लिम वर्गलाई समावेसी हिसावले समुहमा आवद्ध गराई समुहकै दायित्व वहन गर्ने गरी सदस्यहरुको हित हुने गरी आर्थिक सामाजिक बैधिक उन्नति तथा चौतर्फी विकासका लागि कार्यक्रम संचालन गरीरहेको जनाए ।
त्यसैगरी संस्थाले लघु कर्जा व्यापारी कर्जा कृषि कर्जा पशुपालन कर्जा स्वालम्बन कर्जा समृद्धि कर्जा उपलब्ध गराई छरिएर रहेको पुजिलाई वचत निक्षेपको माध्यमबाट संकलन गरी संस्थाको आन्तरिक स्रोतको निर्माण गरी दिगो संस्थागत विकासको साथै सामाजिक रुपान्तरण गरी सदस्यहरुको वित्तिय पहुंच र जिवनस्तर उकास्ने काम भएको जनाए ।
सभामा लेखा सुपरिवेक्षक समितिका संयोजक अर्जुनप्रसाद सिंहले प्रतिवेदन प्रस्तुत गर्दै साना किसान कार्यक्रमले समाजका सवैखाले सदस्यको हित हुने कार्य गरेको बताए । संस्थाका मुख्य प्रवन्धक राजकुमार शाहले संस्थाको बार्षिक प्रगती तथा संस्थाको आगमी कार्ययोजनाको बारेमा जानकारी दिएका थिए ।
उनले संस्थाको कार्यक्षेत्र भित्र रहेका निम्न, विपन्न, मध्यम वर्ग तथा लघु उद्यमी सदस्यहरुलाई संस्थामा आवद्ध गराई उनीहरुको आर्थिक सामाजिक सांस्कृतिक विकासमा निरन्तर सहयोग गर्ने गरेको बताए ।
उनले सदस्यहरुलाई भरपर्दो वचत तथा ऋण सेवा, व्यवसायिक सहकारी खेती, सहकारी सुपथ मूल्य पसल, बिउबिजन, मलखाद, बालविकास मन्टेसरी विद्यालय संचालन तथा पशुपालनमा आत्म निर्भर बनाउन तालिमको व्यवस्था गरेको जनाए ।
उनले दलित, गरिब, आदिवासि, जनजाती, सुकुमवासी, अति सिमान्तकृत लोपउन्मुख वर्ग, वितिय सेवाबाट वञ्चित भएका शेयर सदस्यहरुलाई लक्षित गरी वितिय सेवा प्रदान गरीरहेको जनाए । संस्थाले शिक्षा तालिम सूचनाको माध्यमबाट सदस्यहरुलाई स्वरोजगार मुलक तथा स्वालम्बी बनाउने लक्ष्य लिएको जनाए ।
त्यसैगरी संस्थाले कृषि जन्य बिउ, बिजन, मल खाध, किटनाशक औषधि र कृषि यान्त्रिकरणको सामानहरु तथा कृषकलाई चाहिने आवश्यक पूर्वाधार र सेवा सुविधा उपलब्ध गराउने गरेको जनाए । सामाजिक सामुदायिक कार्यक्रमलाई निरन्तरता तथा प्रोत्साहन गर्ने, साना किसानहरुको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गर्ने जनाए उनले बताए ।
आर्थिक वर्षमा २०७९ / ०८० को अन्त्यमा शेयर सदस्य २ हजार ३६७ पुगेको जनाए भने लरर ३० करोड ३८ लाख ६८ हजार रहेको जानकारी दिए ।
संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा, सहकारी अभिमुखिकरण, वित्तिय साक्षारता, पशुपालन तालिम आयोजना गरी क्षमता अभिवृद्धि गर्ने गरेको जनाए । त्यसैगरी सिलाई कटाई तालिम समेत संस्थाका सदस्यका छोराछोरीहरुलाई प्रदान गरेको जनाए ।
संस्थाले आर्थिक वर्ष २०७९ / ०८० मा सदस्यहरुलाई ५० हजार कृषी मिटर, करेशावारी बिउबिजन, पशुपालन, भैंसी फर्म तथा बाख्रा फर्म गोठ सुधार कार्यक्रम अन्तर्गत १ लाखसम्मको अनुदान, साना किसान विकास लघुवित वित्तिय संस्थाको सहयोगमा उपलब्ध गराएको जनाए ।
संस्थाले कार्यक्षेत्रभित्र शुद्ध खानेपानीको लागि हाइण्डपाईप जडान गरेको, सदस्यको आकास्मिक निधनमा सदस्य वा एकाघरपरिवारका सदस्यहरुलाई १० हजार र ५ हजार रकम भुक्तानी दिएको जनाए ।
मुख्य प्रवन्धक शाहले सभामा आर्थिक वर्ष २०७९ / ०८० मा नेपाल कृषि सहकारी केन्द्रिय संघको सहकार्यमा संस्था अनुसरण कार्यक्रम संचालन गरेको जनाए । संस्थाले रसायनीक मल खाद, धान खरिद विक्री तथा विप्रेशण सेवा निरन्तर दिइरहेको जानकारी दिए ।
संस्थाको यस आर्थिक वर्षमा शेयर पुँजी ३ करोड २१ लाख ८६ हजार १०० रुपैंयाँ तथा जगेडा कोषमा ४ करोड १० लाख ४६ हजार ६०५ रुपैंयाँ रहेको सभामा जानकारी दिए ।
त्यसैगरी संस्थाको कुल निक्षेप ९ करोड ८ लाख २७ हजार ७१८ रुपैंयाँ तथा लगानीमा रहेको ऋण ३० करोड ३८ लाख ६८ हजार रहेको जनाए ।
मुख्य प्रवन्धक शाहले संस्थाको लगानी हिसाव ३४ लाख ३२ हजार ८११ रुपैंयाँ र सम्पति १ करोड १८ लाख ६९ हजार १५४रुपैंयाँ रहेको जनाइएको छ ।
त्यसैगरी संस्थाको कुल सम्पत्ति ३४ करोड २० लाख ९० हजार ५७४ रुपैंयाँ रहेको जनाए । संस्थाको साधारण सभामा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले शुभकामना मन्तब्य राखेका थिए ।
Leave a comment