हाइलाइट

कोप होमस्टे तथा पर्यटन सहकारी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

कोप होमस्टे तथा पर्यटन सहकारी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न । :: Sahakari Akhabar

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको सहकार्यमा चितवनको खैरहनी न.पा वडा नं ४ वडा कार्यालय, सोनी लाफा मगर समाज र कंकाली सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजना कोप होमस्टे तथा पर्यटन सहकारी विषयक एकदिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ  ।

खैरहनी न.पा वडा नं ४ का अध्यक्ष वेद बहादुर अधिकारीको सभापतित्व तथा नेपाल पर्यटन केन्द्रीय सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यता र कोप होमस्टे तथा पर्यटन सहकारीका अभियान्ता राम पटेल आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि घिमिरेले स्थानिय सरकारले पर्यटनको विकास प्रवर्धनका लागि उल्लेखनिय भूमिका निर्वाह गर्न सक्ने हुनाले नेपाल पर्यटन केन्द्रीय सहकारी संघ यस्तो प्रकारको सहकार्य गर्दै आगामी दिनमा यसक्षेत्रमा थप क्रियाशील हुँदै जाने बताए ।

अतिथि राम पटेलले दीगो कृषि दीगो पर्यटनको बारेमा प्रस्तुतिकरण गर्दै कोप होमस्टे र पर्यटन सहकारी नेपालको पर्यटन व्यवसाय विस्तारको लागि उपयुक्त र अपरिहार्य मोडेल रहेको बताए ।

त्यसैगरी कार्यक्रमका सभापति वेद बहादुर अधिकारीले आफ्नो वडामा कोप होमस्टे र पर्यटन सहकारीको आवश्यकता महशुस भएको बताउँदै यथासम्भव छिटो यसको स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा ५० जना स्थानियको उपस्थिति रहेको थियो । सहभागीहरुले पर्यटनको विकासका लागि कोप होमस्टे र पर्यटन सहकारीको माध्यमबाट सम्भव रहेको कुरा बताए ।



Leave a comment