चितवन । भरतपुरमा रहेको श्री नारायणी बचत तथा ऋण सहकारीको कुल पूँजी १७ करोड माथि पुगेको छ । पछिल्लो समिक्षामा संस्थाको कुल पूँजी १७ करोड ३१ लख २ हजार ३७४ रुपैंयाँ कुल पँजि रहेको छ । संस्थाले आगामी ४ वर्षका लागि रणनीतिक व्यावसायिक योजना गर्दै संस्थाको समिक्षा पनि गरेको हो ।
२०५४ सालमा ३० जना शेयर सदस्यबाट १५ हजार शेयर पुँजि, ३ हजार पवेश शुल्क र मासिक बचत ३ हजार गरी जम्मा २१ हजारबाट शुरुवात गरेको संस्थाको २०८० अशार मसान्तसम्म २ हजार ७ जना शेयर सदस्यका साथै आफ्नै भवन बनाएको संस्थाका सचिव हरिकष्ण अधिकारीले जनाए ।
संस्थाले गत शनिबार रणनितिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमिति र कर्मचारी सहित ५५ जनाको सहभागिता रहेको थियो । कार्यशालाको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफूस्कून) का कार्यक्रम अधिकृत सुरज चालिसेकले सहजिकरण गरेका थिए ।
संस्थाका अध्यक्ष पुष्पराज भट्टको अध्यक्षता तथा सचिव हरि कृष्ण अधिकारीले कार्यशालामा संयोजन गरेका थिए । कार्यशालामा भरतपुर वडा नं ५ का वडा अध्यक्ष युद्द प्रसाद श्रेष्ठले सहकारी भावना अनुरुप संस्था सञ्चालन गर्न रणनितिक ब्यवसायिक योजना निर्माण कार्यशाला अति आवश्यक रहेको बताए ।
Leave a comment