हाइलाइट

राष्ट्रसेवक साकोसको कारोबार साँढे ३३ करोड बढी

राष्ट्रसेवक साकोसको कारोबार साँढे ३३ करोड बढी :: Sahakari Akhabar

विराटनगर । विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले ३३ करोड ७३ लाख ६ हजार १२१ रुपैयाको कारोबार गरेको छ।

सस्थाको २५ औँ बार्षिक साधारण सभामा प्रस्तुत गरिने नीति, कार्यक्रम तथा बजेट सम्बन्धि शनिबार सम्पन्न कार्यशाला गोष्ठी तथा सुझाव संकलन कार्यक्रममा सो कुराको जानकारी दिईएको हो ।

सहकारीका अध्यक्ष जीवन काफ्लेले २५ औं साधारण सभामा प्रस्तुत हुने मुख्य मुख्य नीतिहरु कार्यक्रममा प्रस्तुत गरेका थिए । सहकारीमा १ हजार ४८ जना पुरुष, ७७१ जना महिला र अन्य ७  जना गरी १ हजार ८ सय २६ जना शेयर सदस्य रहेका छन् ।

सहकारीले  ४ करोड ८१ लाख ५ हजार ९ रुपैया आम्दानी गरेको छ भने ३ करोड ५२ लाख ६१ हजार ६८२ रुपैया १० पैसा खर्च गरेको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेले दिएको जानकारी अनुसार सहकारीको शेयर पूँजी ६ करोड २७ लाख ४१ हजार २ सय रुपैया रहेको छ।

संस्थाको कोष हिसाब २ करोड ८६ लाख ५४ हजार ७११ रुपैया ३१ पैसा रहेको छ । सहकारीको निक्षेप २८ करोड ९५ लाख २७ हजा। ७४८ रुपैया ०४ पैसा रहेको छ भने २८ करोड ४८  लाख ७१ हजार ५४० रुपैया ऋण लगानी गरेको छ ।

सहकारीले पुस ९ गते साधारण सभा गर्ने तयारी गरेको अध्यक्ष काफ्लेले जानकारी दिए । संस्थालाई मजबुत बनाएर सञ्चालन गर्नको लागि सदस्यको भूमिका महत्वपूर्ण हुने भएकाले साधारण सभा गर्नुपूर्व संस्थाका अगुवा सदस्यबाट सुझाव लिनको लागि कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

सहकारीले ग्याँसको कारोबार गर्दै आईरहेको छ । पहिला बहुउदेशयीय रुपमा सञ्चालन भएको सहकारी गत बर्षदेखि बचत तथा ऋणमा परिवर्तन भएको थियो । सहकारीले अनलाईन सफ्टवेयर र मोवाईल एप्लिकेशन सम्वन्धि व्यवस्था गरेको सहकारीका कर्मचारी ओम कुमार पौडेलले जानकारी दिए ।

संस्थाले सहकारी अध्ययन तथा सूचना केन्द्र बनाउने उदेश्यले भवन निर्माण गरेको छ । केहि महिना अगाडि एक कार्यक्रमको आयोजना गरि भवन सञ्चालनमा ल्याएको सहकारीले सहकारी अध्ययन तथा सूचना केन्द्र संचालन निर्देशिका बनाई कार्यान्वयनमा ल्याउने जनाएको छ।

संस्थाले आवश्यक पूर्वाधारकोल व्यवस्थापनको लागि सम्वन्धित निकायमा पहल गर्ने, प्रदेश भरीका सहकारीहरुका तथ्यांक संकलनको शुरुवात गर्ने, सहकारीहरुका बार्षिक विवरणहरु संकलन र व्यवस्थित गर्ने, सहकारी सम्वन्धि अध्ययन सामाग्रीहरु संकलन र व्यवस्थित गर्ने, र प्रदेश र स्थानीय तहसँग समन्वय गरी सहकारी सम्वन्धि तालिम, गोष्ठि, भेलाहरुको आयोजना गर्ने अध्यक्ष काफ्लेले बताए ।

कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी संगठन मोरङका पुर्व  अध्यक्ष तथा सहकारीका सन्चालक समिती सदस्य बुद्दी बहादुर थापा सहकारीले उत्पादन क्षेत्रमा लागानी बढाउनुपर्नेमा जोड दिए । उनले सहकारीले लक्ष्य अनुसार प्रगति गरेको बताउँदै भौतिक निर्माणमा भन्दा पनि कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

त्यस्तै संगठनका पूर्व अध्यक्ष तथा सहकारीका सदस्य बिनोद कुमार न्यौपान्नेले संघीय नीति प्रदेश नीति तथा स्थानिय तहले नीति बनाउनुपर्ने बताए । कम्तिमा सहकारीका सन्चालकहरुले कस्तो कारोबार गर्दै छन भनेर नियमन निकायले नियमित अनुगमन गर्नुपर्नेमा जोड दिए ।

नेपाल निजामती संगठनका पुर्व केन्द्रिय अध्यक्ष तथा सहकारीका सदस्य नरेन्द्रमणि न्यौपाने, संगठनका केन्द्रीय सदस्य तथा सहकारीका सदस्य जयबहादुर बिसि, पेशागत महासंघ  कोशी प्रदेशका अध्यक्ष तथा सहकारीका सदस्य अषेश लम्सालले सहकारीमा इमानदारीपुर्व सहकारी संस्था संचालन नभईरहेको अबस्थामा इमान्दारीपुर्वक चलेका सहकारीलाई पनि समस्या परेको बताए ।

सहकारी बदनाम हुनुभन्दा चलाउन नसक्दा नचलाउने नीति लिनुपर्ने उनीहरुको भनाई थियो । रास्ट्रसेवक सहकारी सस्था नमुनाको रुपमा अगाडि बढेको बताउँदै उनीहरुले नंया सदस्यता बिस्तारका लागि अभिमुखिकरण कार्यक्रम, सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।



Leave a comment