हाइलाइट

टुंगा आस्था विकास सहकारीमा नयाँ संचालक चयन

टुंगा आस्था विकास सहकारीमा नयाँ संचालक चयन :: Sahakari Akhabar

रुपन्देही । टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्था पाँचौ वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ ।  सभाले डीबि थापाको अध्यक्षतामा १५ सदस्य संचालक समिति चयन गरेको छ । त्यसैगरी साधारण सभाले रतन बहादुर भण्डारीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत गठन गरेको हो ।

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण प्रसाद नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाका २२ जना उत्कृष्ट बचतकर्ता र सेयर सदस्यलाइ सम्मान गरिएको थियो ।

त्यसैगरी सभाले पिएचडी उपाधि हासिल गरेका सदस्य डा शालिकराम भण्डारी, एमफिल तहको शिक्षा हासिल गरेका हरि प्रसाद गैरेलाइ टुंगा विशिष्ट शैक्षिक सम्मानद्वारा सम्मान गरेको छ ।

त्यसैगरी चिकित्साशास्त्रमा एमडी, एमबिबिएस, बिडीएस उत्तीर्ण गरेका ५ जना सेयर सदस्य तथा सदस्यको छोराछोरीलाइ टुंगा शैक्षिक सम्मान गरेको छ ।

सभामा अन्तर्राष्ट्रिय क्रिकेट एम्पायर एवं सेयर सदस्य संजय गुरुङलाइ खेलाडी सम्मान सहित केन्द्रीय कार्यालय मर्मत निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरे वापत नरबहादुर क्षेत्रीलाइ सम्मान गरिएको थियो । कार्यक्रममा डा.खगराज शर्मालगायतले शुभकामना मन्तब्य राखेका थिए ।



Leave a comment