काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले छ प्रतिशत ब्याजदरमा कृषि औजार खरिद ऋण दिएको छ ।
संस्थाले कृषि औजार खरिद कर्जा अन्तर्गत हाते ट्रयाक्टर (मिनिटेलर) खरिदकालागि ५० हजारसम्म छ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो ।
६५ प्रतिशत सहुलियत ब्याजदरमा कृषि औजार खरिद कर्जा अन्तरगत विभिन्न मोडेलका हाते ट्याक्टर मिनिटेलर सदस्यहरुको पहिलो पटकमा १० जना सदस्यहरूलाई हस्तान्तरण गरिएको संस्थाका ब्यवस्थापक रविन सुनारले जनकारी दिए ।
संस्थाको योजना अनुसार अझै उक्त कर्जाको बजेट बाकी रहेको हुँदा कृषि औजार सामाग्री खरिद गर्न इच्छुक सदस्यहरुले संस्थामा सम्पर्क गर्नुहुन पनि ब्यवस्थापक सुनारले अनुरोध गरेका छन् ।
Leave a comment