हाइलाइट

चाइना ट्रेड सहकारीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ

चाइना ट्रेड सहकारीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ :: Sahakari Akhabar

काठमाडौं । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको १६औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ ।सभाले राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समितिमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा अमरेश चन्द्र बैदार, सुब्बा श्रेष्ठ सचिव, कृष्ण बहादुर गुभाजु कोषाध्यक्षमा चयन गरेको हो । त्यसैगरी संचालक सदस्यमा किशोर गजाधर खड्का, गणेश कुमार अग्रवाल र मोहन बोहरा चयन भएका छन् ।

सभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा रामेश्वर श्रेष्ठ र सदस्यहरुमा पदम बहादुर गुरुङ र सुदर्शन श्रेष्ठ सर्वसम्मत चयन गरेको हो ।

संस्थाको २०८० असार मसान्तमा कुल सम्पत्ति ८४ करोड ६१ लाख रुपैयाँ पुगेको छ । शेयर पूंजी ८ करोड १६ लाख र जगेडा कोष ३ करोड ९३ लाख पुगेको छ ।

गत आवमा असारसम्म संस्थाको निक्षेप ४२ करोड १८ लाख पुगेको छ । गत आवमा संस्थाले ६५ करोड ३२ लाख रुपैया कर्जा लगानी गरेको छ । यस अवधिमा २४४ जना सेयर सदस्यले कर्जा उपभोग गरेका छन् । संस्थामा असार मसान्तसम्म १ हजार ७१६ जना सेयर सदस्य छन ।

सभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको आ‍व २०७९ / ०८० को वार्षिक प्रगति प्रतिवेदन, आ।व। २०७९ / ०८० को लेखापरीक्षण प्रतिवेदन र आ.व २०८० / ०८१ को नीति तथा कार्यक्रम र अनुमानित आय ब्यय विवरण (बजेट) समेत पारित गरेको छ ।

सभामा १० जना ज्येष्ठ सदस्य र उत्कृष्ट ५ सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । संस्थाले गुणस्तरीय बचत तथा ऋण सेवा सँगै संस्थाले आधुनिक डिजिटल बैकिङ सेवाको रुपमा मोबाइल बैंकिङ, मिस कल बैकिङ, क्युआर पेमेन्ट सेवा, संस्थाको आधिकारिक वेभसाईट, फेसबुक पेज, वेवसाइट, ग्रुप एसएमएस प्रणालीलगायत आधुनिक प्रविधि प्रयोगमा ल्याएको छ ।



Leave a comment