हाइलाइट

राजसति महिला बहुउदेश्यीय सहकारी २४ औं बर्षमा

राजसति महिला बहुउदेश्यीय सहकारी २४ औं बर्षमा :: Sahakari Akhabar

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा रहेको राजसति महिला बहुउद्देश्य सहकारी संस्था २४ औं बर्षमा प्रवेश गरेको छ । सहकारीको बुधबार सम्पन्न २३ औं बार्षिक साधारण सभामा सो कुराको जानकारी गराईएको हो ।

सहकारीकी अध्यक्ष तारादेवी राईको अध्यक्षता तथा कोशी प्रदेशका प्रदेश प्रमुख पुर्शराम खापुङको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष राईले सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।

प्रस्तुत प्रतिवेदनका अनुसार संस्थामा बचत ११ करोड ६२ लाख ३३ हजार ४८२ रुपैयाँ ५० पैसा रहेको छ भने शेयर पूँजी १ करोड ५४ लाख ६४ हजार ७ सय रुपैया रहेको छ ।

सहकारीको कोष हिसाब १ करोड ९२ लाख ४  हजार ९७ रुपैया ८६ पैसा रहेको छ  भने सहकारीले १३ करोड ३७ लाख ४९ हजार ९९० रुपैया ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख  गरेको छ ।

प्रतिवेदनका अनुसार सहकारीले नियमित मासिक बचत, समुह बचत, ऐच्छिक बचत, विशेष बचत, खुत्रुके बचत, ६ महिने बचत, आबधिक मुद्धती बचत, कर्मचारी हितकोष बचत, कर्जा सुरषण बचत र दैनिक खुत्रुके बचत सञ्चालन गरेको  छ ।

त्यस्तै सहकारीले सामाजिक कर्जा, व्यापारिक कर्जा, पशुपालन कर्जा, शैक्षिक कर्जा, आबधिक बचत खाता जवानी कर्जा, मोबाईल कर्जा, कृषि कर्जा, औषधी उपचार कर्जा, युवा स्वरोजगार कर्जा, जेथा जमानीमामा शैक्षिक कर्जा, ब्यापा। कर्जा, बैदेशिक कर्जा पशुपालन कर्जा र घरजग्गा कर्जा सञ्चालन गरिरहेको प्रतिवेदनमा जानाईएको छ ।

२०५७ सालमा ४४ जना महिलाले सुरुवात गरेको सहकारीमा अहिले ९५७ जना शेयर सदस्य रहेका छन् । सहकारीले २ करोड १२ लाख ९६ हजार ३१२ रुपैयाँ आम्दानी गरेको छ भने खर्च १ करोड ६७ लाख ५६ हजार २ सय ६६ रुपैयाँ गरेको प्रतिवेदनमा उल्लेखछ ।

सहकारीले ८ जना सदस्यलाई निस्कृय रहेको जनाएको छ । कर्जा लिएर लगातार ३ महिनासम्म कर्जाको किस्ता र ब्याज नतिर्ने ऋणी सदस्यलाई निस्कृय सदस्यको सूचीमा राखेको सहकारीले जनाएको छ ।

कार्यक्रममा सहकारी अध्यक्ष राईले महिलाहरुको आर्थिक, सामाजिक , सांस्कृति र राजनैतिक उत्थानका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताइन् । महिलालाई आत्मनिर्भर र सक्षम बनाउन सहकारीको ठूलो सहयोग गरेको उनले बताइन् ।

साधारण सभाको अवसरमा सहकारीले जेष्ठ सेयर सदस्यहरुलाई  सम्मान गर्नुका साथै जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरेको छ । ७५ वर्ष पुरा भएका २१ जना पुरुष ज्येष्ठ सदस्यहरु र ६५ वर्ष पुरा भएका १९ जना ज्येष्ठ महिला सदस्यहरुलाई सम्मान गरेको छ । यसैगरी ७ जना एकल महिला, २६ जना जेहन्दर विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

त्यस्तै दुई जना विध्यार्थीलाई छात्रवृद्धि पनि प्रदान गरिएको छ । शेयर सदस्यका छोराछोरी मध्येबाट सुलोचना हिङ्गमाङ्ग र अर्यान भगतलाई नगद १५ हजार रुपैया प्रदान गरिएको छ ।

सम्मानित भएका ज्येष्ठ नागरिक र विद्यार्थीहरुलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले सम्मान गरेका थिए । कार्यक्रममा प्रदेश प्रमुख खापुङ्गले छरिएर रहेको पूजीलाई एकीकृत गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष रमेश पोखरेलले सहकारी अभियान विश्वसँग जोडिएकाले सहकारी संस्था भित्र राजनिति नहुने बताए । सहकारी क्षेत्रमा विगत देखि उठिरहेको ग्रडिङका कुरालाई समयले ग्रेडिङ गरिदिएको उनको  भनाइ थियो ।

कार्यक्रममा कोशी प्रदेश सहकारी संघका अध्यक्ष तथा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले राजसतिले महिलाको आर्थिक, राजनीतिक तथा सामाजिक नेतृत्व विकासमा टेवा पुर्याएको उल्लेख गरे ।

साधारण सभामा सहभागिहरुलाई सहकारीकी उपाध्यक्ष गितादेवी विष्टले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव तुलसी विष्टले गरेकी थिईन ।

साधारण सभामा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने शेयर सदस्य संगिता  पौडेल र तालिमको सदुपयोग गर्ने शेयर सदस्य उर्मिला कुमारी कार्की र संगिता अर्याललाई पनि सम्मान गरिएको थियो ।



Leave a comment