हाइलाइट

म अध्यक्ष पदको स्वभाविक दाबेदार हुँ : बरिष्ठ उपाध्यक्ष

म अध्यक्ष पदको स्वभाविक दाबेदार हुँ : बरिष्ठ उपाध्यक्ष :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अफू नेफ्स्कूनको अध्यक्ष पदको स्वभाविक दाबेदार भएको बताएका छन् ।

धादिङबेशीमा रहेको भैरवी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि आयोजना गरेको पूर्व नेतृत्व विकास तालिमको उद्घाटन कार्यक्रममा आफू नेतृत्वका लागि स्वत दावेदार रहेको बताएका हुन् ।

उनले बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्षको दावेदार भएकोले दावेदारी पेश गरिरहनुनपर्ने बताए । त्यसैगरी उनले ‘सहकारीको संचालकमा आउन चाहने व्यक्तिले आफ्नो स्वार्थ त्यागेर सामुहिक छलफल र निर्णयलाई स्वीकार गरी, सेवा भावले स्वयमं सेवा गर्नुपर्छ ।’

उनले भैरवी सहकारी धादिङमा प्रतिष्ठित संस्थाको रुपमा स्थापित भैसकेको भन्दै  सेवामुखी बनाउन पुनर्ताजकीकरण गर्ने उद्देश्यले तालिमको आयोजना भएको बताए ।

संस्थाका अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अध्यक्षतामा संचालन भएको तालिममा ३६ जनाको सहभागिता रहेको थियो । तालिमलाई नेफ्स्कूनका सन्दिपराज ढकालले सहजीकरण गरेका थिए ।

संस्थाको मंसिर १६ गते हुने २२ औं साधारण सभामा नयाँ संचालक समिति चयन गर्ने कार्यक्रम रहेको छ । संस्थाको संचालक समितिको उम्मेदवार हुन पुर्व नेतृत्व विकास तालिम अनिवार्य लिनुपर्ने व्यवस्था छ । भैरवी साकोसमा २ हजार ४५६ जना शेयर सदस्य रहेका छन् ।



Leave a comment