रुपन्देही । राष्ट्रिय सहकारी बैंकका संचालक माधवलाल देवकोटा सडक दुर्घटनामा परेका छन् । देवकोटालाई तिलोत्तमा नगरपालिकाको ड्राईभरटोल चोकमा ट्रकले ठक्कर दिंदा घटनास्थलमै ज्यान गएको सहकारीकर्मी ज्ञानु पौडेलले बताइन् । तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा राष्ट्रिय सहकारी बैकका संचालक हुन् ।
शंकरनगरका स्थायी बासिन्दा देवकोटा सवार मोटरसाईकललाई ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको थियो । उनको शवलाई मणिग्राम स्थीत क्रिमसन अस्पतालमा राखिएको सहकारीकर्मी पौडेलले जानकारी दिइन् ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया