हाइलाइट

आइडियल सहकारीको कात्तिक महिनाको वित्तिय विवरण सार्वजनिक

आइडियल सहकारीको कात्तिक महिनाको वित्तिय विवरण सार्वजनिक :: Sahakari Akhabar

काठमाडौं । राजविराजमा रहेको आइडियल सहकारी संस्थाले कात्तिक महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले प्रकाशन गरेको विवरण अनुसार शेयर पूँजी ११ करोड ५३ लाख ३५ हजार ५०० रुपैंयाँ तथा बचत ९१ करोड १३ लाख १ हजार १३९ रुपैंयाँ रहेको जनाएको छ ।

त्यसैगरी संस्थाको जगेडा कोषमा १० करोड ६४ लाख ९९ हजार ४१६ रुपैंयाँ र अन्य कोषमा ५ करोड २१ लाख ८५ हजार ९८४ रुपैंयाँ रहेको जनाएको छ ।

संस्थाले ७९ करोड २२ लाख ५५ हजार ४९५ ऋण लगानी गरेको जनाएको छ । संस्थासंग २७ करोड ५२ लाख ६९ हजार २० रुपैंयाँ अर्थात ३०.२० प्रतिशत तरलता रहेको जनाएको छ ।

संस्थाका १४ हजार ८१८ जना सदस्य मध्ये १ हजार २४१ जना सदस्यले ऋण सेवा लिएका छन् । संस्थाको  कुल संस्थागत पूँजी ११ करोड १४ लाख ६० हजार १९ रुपैंयाँ तथा कूल सम्पति १ अर्व २५ करोड ७६ लाख ६४ हजार १२५ रुपैंयाँ रहेको जनाएको छ ।



Leave a comment