कोशी प्रदेशले तोकेको कच्चा दूधको मूल्यमा केन्द्रीय संघको आपत्ति

कोशी प्रदेशले तोकेको कच्चा दूधको मूल्यमा केन्द्रीय संघको आपत्ति :: Sahakari Akhabar

काठमाडौं । कोशी प्रदेशका उद्योगीहरुबाट कच्चा दूधको मूल्य ५७ रुपैंयाँ तोकिनु नेपाल सरकारको निर्णयको वरखिलाफ भएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघले आपत्ति जनाएको छ । संघले विज्ञप्ती जारी गरी मन्त्री परिषदको निर्णय अनुसार देशका कुनैपनि कुनाकाप्चा दूरदराजमा रहेका किसानहरुले उत्पादन गरेको कच्चा दूधको न्युनतम समर्थन मूल्य ६५ रुपैंयाँ र दुग्ध सहकारी संघ / संस्थाहरुलाई ढुवानी, चिलिङ खर्च लगायत अन्य खर्चका लागि थप टिएस बापत उपलब्ध गर्नुपर्ने सहमती भएको थियो ।

तर कात्तिक २३ गते कोशी प्रदेशमा रहेका डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनमा आवद्ध मुख्य डेरी उद्योगका सञ्चालकहरु बीचको छलफलबाट कच्चा दूधको खरीद मूल्ये मूल्य ५७ तोकिनु नेपाल सरकारको निर्णयको वरखिलाफ भएको जनाएको छ।

संघले विज्ञप्तीमा भनेको छ किसानलाई विस्थापित गर्ने घृणित षडयन्त्र त्यागी किसान रहेमा उद्योगी रहन्छ भन्ने ब्रम्हसत्यतालाई मनन गरी आफु टिक्न पनि किसानलाई यस पेशामा टिकाई राख्न सम्बन्धित सबै सरोकारवाला निकायहरुलाई गम्भिर ध्यानाकर्षण गर्दछ । संघका अध्यक्ष अम्मर बहादुर कुँवरले जारी गरेको विज्ञप्तीमा भनिएको छ, निणर्य नसच्याए किसानहरु आन्दोलनको बाटो र कानुनी उपचारमा जान बाध्य हुनेछन् ।



Leave a comment