दोलखा । बैतेश्वर गाउँपालिका ५ मा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा बिभिन्न बिधामा सदस्यलाई सम्मान गर्नु गरेको छ ।
सभामा संस्थाका जेष्ठ सदस्यलाई स्टिलको लौरो बितरण गरेको थियो । साथै सस्थाले सदस्य सुरक्षा कोष कार्यक्रम मार्फत सदस्यको मृत्यु पश्चात् आश्रित परिवारलाई ५ हजारदेखि ४० हजारसम्म राहत प्रदान गर्दै आइरहेको जनाइएको छ ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष एवं बागमती प्रदेश सहकारी संघका महासचिव भिमप्रसाद दहाल, जनमुखी साकोसका उपाध्यक्ष गिताकृष्ण शर्मालगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष हेमन्त चौलागाईंको अध्यक्षता तथा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको हो । सभामा मन्त्री लम्सालले सहकारी संस्थाले ऋण लगानी गर्दा उत्पादनमा जोड दिनुपर्ने बताए ।
उनले सहकारीको माध्यमबाट जनताको जिविकोपार्जनमा टेवा पुर्याउनु पर्ने बताए । उनले सहकारीले सिमित कर्मचारीलाई रोजगार दिनुभन्दा पनि आत्मनिर्भर बनाउनतर्फ लगानी वृद्धि गर्दै श्रमिक उत्पादन गरेर रोजगार सिर्जना गर्नुपर्ने बताए।
दोलखा सहकारीकालागि देशकै नमुना जिल्ला भएकाले यहाँका सहकारीले एकीकृत पुँजी निर्माण गरेर निजी क्षेत्र जस्तै लगानी वृद्धि गर्दै रोजगार वृद्धि गर्नुपर्ने बताए ।
सभामा संस्थाका अध्यक्ष चौलागाइले संस्थाको गत आर्थिक वर्ष २०७९ / ८० को असार मसान्तसम्म कुल सम्पत्ति तथा दायित्व २ अर्ब २५ करोड ६० लाख ८७ हजार ३ सय ९३ रुपैँया पुगेको जनाए ।
त्यसैगरी संस्थाको शेयर पुँजी १६ करोड ६७ लाख २४ हजार ९ सय रुपैयाँ र कुल बचत निक्षेप १ अर्ब ६३ करोड ९ लाख ५३ हजार ५ सय ४१ रुपैयाँ रहेको जनाए ।
संस्थाको जगेडा तथा अन्य कोषमा २१ करोड ९३ लाख ८५ हजार ९ सय १४ रुपैयाँ रहेको सभामा जानकारी दिइएको छ । संस्थाले कुल १ अर्ब ८२ करोड २७ लाख ९८ हजार ७ सय ९३ रुपैँया ऋण लगानी गरेको छ ।
संस्थामा २७ हजार ६ सय ८ जना शेयर सदस्य र १० हजार ३ सय ३५ जना बाल सदस्य रहेका छन । त्यस्तै संस्थाको कुल आम्दानी २६ करोड ७१ लाख ६१ हजार ८ सय १० रुपैँया पुगेको छ ।
Leave a comment