चितवन । भरतपुरमा रहेको नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता, भरतपुर महानगर पालिका वार्ड न ५, का अध्यक्ष युद्धप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता सभा सम्पन्न भएको हो ।
कार्तिक १८ गते कैलाशनगर मावीमा सम्पन्न वार्षिक साधारण सभामा भरतपुर महानगर पालिका वार्ड नं १५, का अध्यक्ष श्रीकृष्ण देवकोटाको विशिष्ठ आतिथ्यता र स्थानिय विभन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि श्रेष्ठले सहकारीमा देखिएको समस्या मुख्य रुपमा संचालकहरुमा देखिएको आर्थिक पारदर्शिताको कमी, कमजोर सुशासन र व्यक्तिगत स्वार्थको कारण उत्पन्न भएको बताए । उनले नेपालको संविधानले आर्थिक सम्वृद्धिको आधार तीनखम्बे अर्थनीति रहेको र त्यस मध्ये एक खम्बाको रुपमा सहकारी रहेको बताए ।
सहकारीले संकलन गरेको पूँजी सदस्यमा नै केन्द्रित रही उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सके रोजगारी सिर्जना हुने र राष्ट्रिय उत्पादन पनि बढ्ने बताए । साधारण सभामा संस्थाका सचिव रामकृष्ण पौडेलले संस्थाको गत आव २०७९ / ०८० को नीति तथा कार्यक्रमको समिक्षा र आव २०८० / ०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संस्थमाा गत आव २०७९ / ०८० को अन्त्य सम्ममा जम्मा १ हजार ६५० जना सेयर सदस्य तथा ११ करोड कुल पुँजी रहेको जनाए । सचिव पौडेलले सस्था र संस्थाका ब्यबस्थापक चितवन जिल्ला बचत तथा ऋण सहकारी सङ्घबाट १० करोड सम्म पूँजी भएको सस्था मध्ये सर्वेस्कृष्ट सहकारी संस्था २०८० बाट पुरस्कृत भएका जनाए । साधरण् सभाको दिन नेपाल रेडक्रस सेसइटी उपशाखा नारायणपुरसँगको सहकार्यमा रक्तदान कार्यक्रम पनि गरेको थियो।
Leave a comment