हाइलाइट

नुवाकोट र रसुवाका साना किसान सहकारीबाट भुकम्प पिडितलाई डेढलाख सहयोग

नुवाकोट र रसुवाका साना किसान सहकारीबाट भुकम्प पिडितलाई डेढलाख सहयोग :: Sahakari Akhabar

काठमाडौ । नुवाकोट र रसुवाका साना किसान कृषि सहकारीहरुले भुकम्प पिडितलाई डेढलाख सहयोग गरेका छन् । नुवाकोट र रसुवा जिल्लामा भएका सानाकिसान कृषि सहकारी र सहकारीकर्मीबाट एकलाख पचास हजार एकसय सन्तानब्बे रुपैंयाँ सहयोग गरेका छन् ।

संस्थाहरुले उक्त रकम नेपाल कृषि सहकारी केन्द्रिय संघको विपद व्यवस्थापन कोषमा जम्मा गरेको नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेमबहादुर पाठकले जानकारी दिए ।

सहयोग गर्ने संस्थाहरुमा दुइपिपल महिला सानाकिसान कृषि सहकारी, अजम्बरी सानाकिसान कृषि सहकारी संस्था बिदुर, नुवाकोट, गोस्र्याङ्ग महिला सानाकिसान कृषि सहकारी संस्था नुवाकोट रहेका छन् ।

त्यसैगरी पाथिभरा महिला सानाकिसान कृषि सहकारी संस्था बेलकोटगढी, नुवाकोट, खड्गभन्ज्याङ महिला सानाकिसान कृषि सहाकारी बदुर,नुवाकोट, सानाकिसान कृषि सहकारी संस्था नुवाकोट,गणेस्थान महिला सानाकिसान कृषि सहकारी नुवाकोट, पारिजात महिला सानाकिसान कृषि सहकारी संस्था नुवाकोटले पनि सहयोग गरेका छन् ।

त्यसैगरी सामरी महिला सानाकिसान नुवाकोट, बागेश्वरी महिला सानाकिसान कृषि सहकारी नुवाकोट, प्रयासशिल महिला सानाकिसान कृषि सहकारी नुवाकोट, जालपादेबी सानाकिसान कृषि सहकारी नुवाकोट, दुप्चेश्वर महिला सानाकिसान कृषि सहकारी नुवाकोट, पाउद्वार महिला सानाकिसान कृषि सहकारी नुवाकोट, रालुका सुन्दरा महिला सानाकिसान कृषि सहकारी नुवाकोट, प्रतिबिम्ब सानाकिसान कृषि सहकारी नुवाकोट, तारुका महिला सानाकिसान कृषि सहकारी नुवाकोट, धैबुङ्ग कालिका सानाकिसान कृषि सहकारी रसुवा, लहरे पौवा साना किसान कृषि सहकारी रसुवा  र भोर्ले जिबजिबे सानाकिसान कृषि सहकारी संस्था रसुवाले सहयोग गरेका हुन् ।

त्यसैगरी विभिन्न ब्यक्तिहरुले पनि भुकम्प पिडितहरुलाई कृषि केन्द्रीय संघ मार्फत सहयोग गरेका छन् । दुइपिपल महिला सानाकिसान कृषि सहकारीकी अध्यक्ष पवित्रा घिमिरेले उपाध्यक्ष पार्वती घिमिरेले सदस्यहरु सान्नानी अधिकारी, पार्वती सुवेदी, दिलमाया श्रेष्ठ, लक्ष्मी दाहाल, गोमा नेपाल, सीता भुजेल, प्रबन्धक रमेश कुमार श्रेष्ठ, सहायक प्रबन्धक रन्जिता श्रेष्ठ, लेखा सहायक रेशु खतिवडा नेपाललगायतले पनि सहयोग गरेका छन् ।

त्यसैगरी अजम्बरी सानाकिसान कृषि सहकारी संस्था बिदुरका अध्यक्ष गायत्री अधिकारी, लेखा संयोजक शुभद्रा रिमाल, प्रबन्धक निराजन प्याकुरेल, सहायक प्रबन्धक लक्ष्मी घले लामिछाने, सेयर सदस्य पुस्पराज प्याकुरेलले पनि सहयोग गरेको जनाइएको छ।

त्यसैगरी धैबुङ्ग कालिका कृषि सहकारी सस्था रसुवाका प्रबन्धक पुर्ण प्रसाद न्यौपाने, सहायक प्रबन्धक फुलमायां गोले, कर्मचारी जङ्ग बहादुर तामाङ, सेयर सदस्य तुलसी प्रसाद खतिवडाले पनि पिडितलाई संघको विपद कोषमा सहयोग गरेका छन् यसैगरी तुप्छे सानाकिसान कृषि सहकारी संस्था नुवाकोटका कर्मचारी सन्जुला थापा अधिकारी,पाथीभरा महिला सानाकिसान कृषि सहकारीका अध्यक्ष शान्ता खतिवडा तिवारीले सहयोग केन्द्रीय कृषि सहकारी मार्फत सहयोग गरेका हुन् ।



Leave a comment