हाइलाइट

संचारकर्मी यादव हुमागाईलाई ‘कास्कून पत्रकारिता सम्मान

संचारकर्मी यादव हुमागाईलाई ‘कास्कून पत्रकारिता सम्मान :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) ले आर्थिक पत्रकार यादव हुमागाईलाई  सम्मान गरेको छ । संघले आर्थिक अभियान दैनिकका वरिष्ठ संवाददाता हुमागाईलाई २०औं वार्षिक साधारण सभामाको अवसरमा शनिबार ‘कास्कून पत्रकारिता सम्मान–२०८०’बाट सम्मानित गरेको हो ।

पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा उल्लेखनिय योगदान पुर्याएको भन्दै सम्मान गरिएको कास्कूनले जनाएको छ । शनिबार सम्पन्न संघको २०औं वार्षिक साधारण सभामा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल र संघका अध्यक्ष दीपक पनेरुले हुमागाईलाई सम्मान गरेका हुन् ।

हुमागाई डेढ दशकदेखि सहकारी तथा आर्थिक पत्रकारितामा क्रियाशिल छन् । २०६८ सालमा हुमागाईको नेतृत्वमा नेपाल सहकारी पत्रकार समाज (सीजेएन) गठन भएको थियो । सीजेएन सहकारी बिटमा पत्रकारिता गर्ने पत्रकारहरुको छाता संगठन हो ।



Leave a comment