काठमडौं । जाजरकोटको रामीडाँडाँ केन्द्रविन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रमा साना किसान विकास लघुवित्त वित्तीय संस्था र नेपाल कृषि सहकारी केन्द्रीय संघले सहयोग सामाग्री पठाएको छ । सान किसान विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय सुर्खेतको सक्रियतामा राहत सामग्री पठाइएको हो ।
दुखको यस घडिमा सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नसके प्रभावितहरुलाई ठूलो सहयोग पुग्ने नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पठकले बताए ।
उनले भने ‘हामीले हिजो कार्तिक १८ गते संघसंस्थालाई गरेको अनुरोधलाई स्वीकार गरी सहयोग गरेको र आगामी दिनमा थप सहयोगका लागि सबै जुट्न समेत अनुरोध गर्दछौं ।’ दुवै संस्थाको पहलम १ सय ५० बोरा चामल, विभिन्न साइजका त्रिपल ४ सय १९ पिस तथा कम्बलः ४ सय ९३ थान सहयोग पठाएको अध्यक्ष पठकले जनाए ।
Leave a comment