विराटनगर । विराटनगर– ५ स्थित सुर्योदय बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा भवनाथ कोइराला चयन भएका छन् । सहकारीको शनिबार सम्पन्न २३ औं बार्षिक साधारणसभाले कोइरालाको नेतृत्वमा सर्वसहमत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा पूर्णिमा चापागाईं कार्की, सचिवमा अञ्जना पोखरेल र कोषाध्यक्षमा तुलबहादुर कार्की चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा कौसर खान, अञ्जुश्री श्रेष्ठ, मेघनाथ रिजाल, देबेन्द्रप्रसाद अधिकारी, नारायणकुमार श्रेष्ठ, हरिप्रसाद अधिकारी र रिना कार्की चयन भएका छन् ।
यसैगरी संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा यामुन मेहता चयन भएकी छिन् भने सदस्यमा टेकबहादुर श्रेष्ठ, कल्पना थापा सदस्य भएका छन् । विराटनगर महानगरको वार्ड नं. १ देखि ५ सम्म कार्यक्षेत्र रहेको यस सहकारीमा ८२९ जना शेयर सदस्य रहेका छन् ।
सहकारीका अध्यक्ष अच्युतानन्द पोखरेल अध्यक्षता तथा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेललेको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा जेष्ठ सदस्य, उत्कृष्ट शेयर र शेयर सदस्यका सन्ततीलाई छात्रबृत्ती समेत प्रदान गरिएको शेयर सदस्य प्रकाश शर्माले जानकारी दिए । सहकारीले महिला जागृतीबृद्दाश्रमलाई नगद रू.१५ हजार सहयोग समेत गरेको छ । साधारण सभामा विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
Leave a comment