हाइलाइट

संघको सहकारी व्यक्तित्व सम्मान बराललाई

संघको सहकारी व्यक्तित्व सम्मान बराललाई :: Sahakari Akhabar

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङ आफ्नो ३० औं बार्षिक साधारण सभाको अवसरमा केन्द्रिय तरकारी तथा फलफूल सहकारी संघ लि. नेपालका उपाध्यक्ष मुिक्तनाथ बराललाई प्रदान गरेको छ । संघले अहिलेसम्म सहकारी अभियानमा लागेका १७ जनालाई सहकारी व्यक्तित्व सम्मान गरिसकेको छ । जसमा महिला ३ जना र पुरुष १४ जना रहेका छन् ।

त्यसैगरी जिल्ला बचत संघका पूर्व सञ्चालक सम्मानबाट पूर्व सञ्चालक टीका भट्टराई र वीरेन्द्र यादवलाई पनि सम्मान गरिएको थियो भने संघमा आवद्ध संस्थाहरु मध्येबाट भाग्ययोदय गाउँले बचत तथा ऋण सहकारी संस्था लि. लेटाङ र गोविन्दपुर बचत तथा ऋण सहकारी संस्था लि. रतुवामाईलाई संस्था सम्मानबाट सम्मान गरेको छ ।

त्यसैगरी यस कर्मचारी पुरस्कारबाट हिमालय बचत तथा ऋण सहकारी संस्था लिमीटेड केराबारीका व्यवस्थापक विनोद सुवेदी र सुगम बचत तथा ऋण सहकारी संस्था लि. विराटनगरकी व्यवस्थापक सीता भट्टराईलाई सम्मान गरिएको छ ।

आर्थिक बर्ष २०७९ / ८० मा प्रोबेशन ब्राण्ड प्राप्त लेटाङ बचत तथा ऋण सहकारी संस्था र एकीकरण भएका सातमेडी र नारीउदय साकोस रतुवामाई एकिकरण भई सातमेडी साकोस रतुवामाई र सुगम साकोस र कमलपुर साकोस एकिकरण भई बनेको सुगम साकोस विराटनगरलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

संघले बार्षिक साधारण सभाको अवसरमा संघलाई विभिन्न क्षेत्रमा सहयोग गर्ने सहकारी संस्था तथा अन्य विभिन्न संघ संस्थालाई समेत प्रशंसापत्र प्रदान गरेको छ । जिल्ला बचत संघले हालसम्म संस्थापक सम्मानबाट १९ जना, पूर्व सञ्चालक सम्मानबाट महिला ९ जना र पुरुष ३५ जना गरि ४४ जना, संस्था पुरस्कारबाट महिलाद्धारा सञ्चालित ७ वटा र मिश्रित ३९ वटा गरी ४६ वटा र सदस्य संस्थाका कर्मचारी पुरस्कार १२ जना महिला र २४ जना पुरुष गरि ३६ जनालाई सम्मान गरिसकेको छ ।

नेतृत्वदायी भूमिका निर्वाह गरेको संघले संघमा आवद्ध भएका घनश्याम खतिवडा पूर्व महासचिव, नेफ्स्कून, केशवप्रसाद पोखरेल पूर्व कोषाध्यक्ष नेफ्स्कून, राजकुमार बराल पूर्व लेखा संयोजक नेफ्स्कून, तारा बहादुर काफ्ले पूर्व सञ्चालक नेफ्स्कून, गोमा नेपाल बर्तमान सञ्चालक नेफ्स्कून र लक्ष्मि सापकोटा पूर्व लेखा सुपरिवेक्षण समिति सदस्य नेफ्स्कून रहेका छन् ।



Leave a comment