हाइलाइट

कोप होमस्टे र पर्यटन सहकारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

कोप होमस्टे र पर्यटन सहकारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । चितवनको खैरहनिमा रहेको अनुग्रह बचत तथा ऋण सहकारी संस्था तथा आदिवासी कोप होमस्टेको आयोजना र नेपाल पर्यटन केन्द्रीय सहकारी संघको सहकार्यमा कोप होमस्टे र पर्यटन सहकारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

ईको होमस्टे नेपाल तथा होमस्टे नेपाल टुरिजम सर्भिसेजको सहकार्यमा मिति २०८० कार्तिक १६ गते एकदिने कोप होमस्टे र पर्यटन सहकारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

होमस्टे विज्ञ रामबाबु पट्टेल र विकेश श्रेष्ठले सहजिकरण गरेको कार्यक्रमको सभापतित्व अनुग्रह साकोसका अध्यक्ष  वसन्तकुमार चौधरीले पहिलो सत्र र आदिवासी   कोप होमस्टेका अध्यक्ष डेबिड चौधरीले दोश्रो सत्रको अध्यक्षता गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन केन्द्रीय सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे रहेका थिए ।

अनुग्रह साकोसकी व्यवस्थापक माया चौधरीले संचालन गरेको कार्यक्रमा निजी होमस्टे र कोप होमस्टेको बारेमा सहजकर्ता रामबाबु पट्टेलले कोप होमस्टेलाई पर्यटन सहकारीमा विकसित गराउँदै एक पालिका एक पर्यटन सहकारी, एक पालिका एक होमस्टे मेनेजरको आवश्यकता रहेको जनाजनाए ।

उनले पर्यटन क्षेत्रको लाभ तथा स्वामित्व स्थानिय जनतालाई न्यायोचित वितरण प्रणालीको मोडेल पर्यटन सहकारी मात्र रहेको बताए । कार्यक्रमा अर्का सहजकर्ता विकेश श्रेष्ठले कोप होमस्टे र पर्यटन सहकारीको  माध्मबाट मात्र समुहका सदस्यहरुले वास्तविक लाभ पाउन सक्ने बताए ।

नेपाल पर्यटन केन्द्रीय सहकारी संघका महासचिव देवराज पराजुलीले पर्यटन सहकारीको माध्यमबाट पर्यटन क्षेत्रका बिचौलियाको अन्त्य गर्नका लागि पर्यटन केन्द्रीय सहकारी संघ लागिपरेको बताए । प्रमुख अतिथि रामशरण शर्मा घिमिरेले पर्यटनको विकासमा सामुदायिक कोप होमस्टेको महत्वपूर्ण भुमिका रहने बताए ।

उनले होमस्टे मार्फत लाभ हासिल गर्नका लागि सम्पूर्ण सामुदायिक होमस्टेहरुलाई पर्यटन सहकारीमा आवद्धकालागि पर्यटन सहकारी केन्द्रीय संघ सहयोग गर्न तत्पर रहेको बताए । कार्यक्रममा सहभागी ५० जनालाई कार्यक्रमका प्रमुख अतिथिले प्रमाणपत्र वितरण गरि तालिम समापन भएको थियो ।



Leave a comment