हाइलाइट

सहकारी महासङ्घका अध्यक्ष मिनराज कडेललाई किसान कल्याणको सम्मान

सहकारी महासङ्घका अध्यक्ष मिनराज कडेललाई किसान कल्याणको सम्मान :: Sahakari Akhabar

काठमाडौं । इटहरी सुनसरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कडेललाइ सम्मान गरेको छ ।

संस्थाको २८औँ स्थापना दिवसको अवसरमा सहकारीमा सक्रिय अभियन्ताको रुपमा कडेललाई कदर पत्र र नगदसहित सम्मान गरेको हो। अध्यक्ष कंडेललाई संस्थाका अध्यक्ष शालिकराम ढकालले सम्मान गरेका थिए ।

संस्थाले स्थापना दिवसको अवसरमा हरेक वर्ष १ जना सहकारी अभियन्तासहित यस वर्ष विभिन्न २० विधामा ८१ जनालाई सम्मानित गरेको जनाएको छ ।

२०५३ साल कार्तिक १३ गते ३४ जनाबाट १७ हजार सङ्कलन गरी स्थापना भएको संस्थामा हाल २२ हजार ८३ जना सदस्य रहेका छन् । संस्थाको कुल सम्पत्ति १ अर्ब २९ करोड रहेको छ ।

५८ जना कर्मचारीमार्फत सदस्य सेवा प्रवाह गरिरहेको संस्थाले मोबाईल बैङ्किङ, इ–टेलर सेवा, एटिएम सेवा तथा क्युआर कोड जस्ता विद्युतीय सेवा समेत दिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए ।



Leave a comment