काठमाडौं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था स्थापनाको २५ औं बर्षमा प्रवेश गरेको छ । यसै अवसरमा संस्थाले “रजत महोत्सव” शुभारम्भ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश केसीले सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गर्दै रजत महोत्सव शुभारम्भ भएको घोषणा गरेका हुन ।
“रजत महोत्सव” शुभारम्भको दिन संस्थाले रक्तदान कार्यक्रम, बुसा मोबाईल एप प्रयोगको भिडियो रिलिज र दुर्घटना बीमा हस्तान्तरण जस्ता कार्यक्रमहरु समेत सम्पन्न गरेको छ । संस्थाको मुख्य कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १८ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।
केही समय अघि भैँसेपाटीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएका सदस्य बालकृष्ण बुढाथोकीको श्रीमती सुन्तली बुढाथोकीलाई दुर्घटना बीमा बापतको एकलाख रुपैंयाँ हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
Leave a comment