काठमाडौं । प्रदेश कृषि सहकारी संघ लिमिटेड लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको प्रदेश कृषि सहकारी संघका अध्यक्ष नरबहादुर घर्ती मगरकोको अध्यक्षता र नेपाल कृषि सहकारी केन्द्रिय संघ तथा साना किसान विकास लघु बित्त बित्तीय सस्थाका अध्यक्ष खेमबहदुर पठकको प्रमुख आतिथ्यता रहेको थियो ।
सिद्दार्थ होटेल ग्रीन लुम्बिनी लमहीमा सम्पन्न भएको सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघका उपाध्यक्ष पुर्ण शर्मा, सचालक रामप्रसाद रेग्मी, झुपा न्यौपानेलगायतको सहभागीता रहेको थियो । त्यसैगरी सभमा नेपाल कृषि सहकारी केन्द्रिय संघका लेखा समिति संयोजक चिरञ्जीवी केसी, सल्लाहकार हरि छन्तेल, टिका न्यौपानेको पनि उपस्थिति रहेको थियो ।
सभामा साना किसान विकास लघुबित्त बित्तीय सस्था शाखा कार्यालय बुटवलका प्रबन्धक गणेश भट्टराई, श्रीनगर एग्रिटेक ग्रुरुपका निर्देशक डा बिबी बर्ली, प्रदेश कृषि सहकारी संघका सल्लाहकार गोबिन्दप्रसाद शर्मालगयतको उपस्थित रहेको थियो । साधारण सभामा प्रदेशका १२ वटै जिल्लाबाट साना किसान कृषि सहकारी सस्था र कृषि सम्बन्धि कार्य गर्ने अन्य सहकारी सस्थाका प्रतिनिधिको हरुको उपस्थित रहेको थियो ।
Leave a comment