विराटनगर । मोरङको पथरीशनिश्चरे–२ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋृण सहकारी सस्थाले आफ्नो २१ औं बार्षिक साधारण सभा आईतबार सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष धनराज राई (अमिर)को अध्यक्षतामा भएको बार्षिक साधारण सभामा सहकारी संस्था अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्थाको पूर्वसञ्चालक मानबहादुर लिम्बू र निमाकुमारी तामाङलाई दोसल्ला र सम्मानपत्र सम्मान गरेको छ ।
साधारण सभाको अवसरमा उत्कृष्ट वचत कर्ता गणेश राई, पवित्रा गजुरेल, उत्कृष्ट कारोबार गर्ने रन्जित गुप्ता, धनबहादुर तामाङ र बाल उत्कृष्ट वचतकर्ता लक्ष्मी गुप्तालाई पनि सम्मान गरिएको थियो । सभामा संस्थाका सचिव महेन्द्र डुङ्गानाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दोर्ण खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीमा ३ हजार ६६ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी २ करोड १४ लाख १६ हजार १०० रहेको छ । प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीको १ करोड ७३ लाख ५३ हजार ३७८ निक्षेप रहेको छ भने २२ करोड २४ लाख ८६ हजार ८४५ वचत रहेको छ।
संविधान सभा सदस्य चण्डीप्रसाद राइको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा प्रमुख पथरीशनिश्चरे नगरपालिकाका पूर्व नगर प्रमुख दिलिपकुमार राई, वडा नं ३ का अध्यक्ष विजय लिम्बू, ४ नं वडाका पूर्व अध्यक्ष गोविन्द भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पथरी शनिश्चरे ०२ को बुद्ध चोकमा केन्द्रीय कार्यलय रहेको उक्त संस्थाको वडा नम्बर ४ र ९ स्थित किर्तिपुर र पुलचोकमा सेवा केन्द्रहरु स्थापना गरेको छ । संस्थाले वार्षिक रुपमा रक्तदान लगायतको कार्यक्रम गर्नुको साथै जेष्ठ सदस्यहरुलाई भत्ता पनि उपलब्ध गराउँदै आईरहेको सहकारीका व्यवस्थापक गणेश बाछनाले जानकारी दिए ।
Leave a comment