हाइलाइट

मन्थली सहकारीको २६ औं बार्षिक साधारण सभा सम्पन्न

मन्थली सहकारीको २६ औं बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घघाटन जिल्ला समन्वय प्रमुख चिना कार्कीले गरेका थिए । उनले पछिल्लो समयमा सहकारीहरू प्रति अविश्वास गर्ने हरूको सङ्ख्या बढेको र यसो हुनुमा संचालकहरुनै प्रमुख जिम्मेवार हुने हुँदा विधिका आधारमा मात्र काम गर्न उनले सुझाए ।

संस्थाका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा भएको उक्त साधारण सभामा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र रामेछाप नगरपालिकाका प्रमुख लव न्यौपानेले सहकारीको विकासका लागि नगर पनि सहयोग गर्न तयार रहेको भन्दै त्यसका लागि सहकारीका छाता सङ्गठनहरूलाई समन्वय गरेर अघि बढ्न पनि आग्रह  गरे ।

२६ औ साधारण सभाका अवसरमा सहकारीले आफ्ना सदस्य मध्ये उत्कृष्ट बन्न सफल विभिन्न विधाका शेयर  सदस्य हरूलाई नगद र सम्मान पत्रद्वारा सम्मान  गरेको छ ।  सदस्यको सहजताको लागि संस्थाले आफ्नो कार्यक्षेत्र भित्रको सबै वडा र बस्तीमा पुगेर  साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा सचिव हिमाल ढुङ्गेलले साङ्गठनिक र कोषाध्यक्ष टीका भट्टले आर्थिक प्रतिवेदन  प्रस्तुत गरेको थिए ।

गत असार मसान्त सम्ममा उक्त सहकारीको कुल सदस्य सङ्ख्या १५ हजार ८ सय २९ जना शेयर पुँजी ९ करोड ५० लाख, बचत सङ्कलन, ९१ करोड ७३ लाख ३९  हजार रहेको छ । संस्थाले गत आवमा ५८ लाख ८ हजार ८ सय रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । संस्थाको कुल सम्पत्ति १ अर्ब १४ करोड ८८ लाख पुगेको संस्थाका कोषाध्यक्ष टीका भट्टले जानकारी दिए ।



Leave a comment