हाइलाइट

रमाइलो जनएकता सकोसद्धारा सदस्यलाई सम्मान र पुरस्कार

रमाइलो जनएकता सकोसद्धारा सदस्यलाई सम्मान र पुरस्कार :: Sahakari Akhabar

बिराटनगर । मोरङको कानेपोखरी –६ स्थित रमाइलोमा स्थापित रमाइलो जनएकता साकोसले २ जना सेयर सदस्यलाई सम्मान र १४ जनालाई पुरस्कृत गरेको छ । शनिबार भएको एकीकरण पश्चातको दोस्रो साधारण सभाले विभिन्न विधामा १६ जना सेयर सदस्यहरुलाई सम्मान र पुरस्कृत गरेको हो ।

संस्थाले स्थापनाकालदेखि नै सेयर सदस्य साथै संस्थापकहरुलाई सम्मान र पुरस्कृत गर्दै आइरहेको छ । यसैक्रममा संस्थाले उत्कृष्ट सहकारी अभियन्ता सम्मान राजकुमार बराललाई गरेको छ । वडा नं ६ का बराल संस्थापक सदस्य तथा पूर्व अध्यक्ष पनि हुन् ।

त्यस्तै वडा नं २ का साविक दलेली साकोसका अध्यक्ष पूर्व संचालक गोपाल खड्कालाई सम्मान गरेको छ । उत्कृष्ट आर्थिक कारोबारमा महिला तर्फ उमा खरेल, गोमामाया मगर तथा पुरुष तर्फ भक्तबहादुर धिमाल र अशोक राईलाई पुरस्कृत गरेको हो । त्यस्तै उत्कृष्ट दैनिक बचतकर्ता खडानन्द घिमिरे र सुजना राईलाई पुरस्कृत गरेको छ ।

संस्थाले बाल बचतकर्ता अनुस्का झ्याली मगर र प्रविण चौधरी तथा संस्थाको कार्यसम्पादन मुल्यााङ्कनका आधारमा उत्कृष्ट कर्मकारी कृष्ण कुमारी अधिकारी दवाडीलार्य पुरस्कृत गरेको हो । जनसेवा माविबाट एसईई उत्कृष्ट हुने छात्रा प्रकृति रिमाल ९३.७२ जिपिए र जनसेवा माविबाट छात्र तर्फ जीवन फुयललाई पुरस्कृत तथा छात्रवृत्ति प्रदान गरिएको छ । त्यस्तै जनसेवा माविबाट कक्षा १२ बाट उत्कृष्ट नतिजा ल्याईएका सोमनाथ दहाललाई पुरस्कृत तथा छात्रवृत्ति प्रदान गरिएको छ ।

संस्थाले यस आर्थिक बर्षमा सेयर सदस्यहरुलाई मुटुको शल्यक्रिया, मृगौला डायलोसिस र क्यान्सर भई केमोथेरापी गराईरहेका सेयर सदस्य विरामीहरुलाई एकपटक रु १० हजार प्रदान गर्दै आएका छन् । आर्थिक बर्ष २०७९ / ०८० मा १ लाख ८० हजार रकम १८ जनालाई प्रदान गरिएको संस्थाको प्रतिवेदनमा उल्लेख रहेको छ ।

त्यस्तै सेयर सदस्यहरुको परिवारमा मृत्यु भएका मृतक राहत कोष आर्थिक बर्ष २०७९÷०८० मा ६ लाख ३० हजार रुपैया ३० परिवारलाई प्रदान गरिएको छ । सुत्केरी हुँदा सुत्केरी खर्च ३० हजार रुपैया १५ जना सेयर सदस्यलाई प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक बर्ष २०७९ / ०८० मा एम्बुलेन्समा दुर्घटना २१, सुत्केरी १६४, सर्पदशं १०, विस सेवन ११, पेट दुख्ने ८६, ज्वरो ८९, दम बढ्ने १९, निमोनिया ४६ र रक्तश्राव ४९ जना विरामीले सेवा लिएका छन् । संस्थामा गत बर्ष ९ हजार ८ सय ४१ जना सदस्य संख्या रहेका थिए भने यस बर्ष रमाइलो जनएकता साकोस र दलेली साकोस एकीकरण पञ्चात ९ हजार ४ सय ९३ जना पुगेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष त्रिभुनाथ फुयल (सन्तोष) ले आर्थिक बर्ष २०७९ / ०८० को वार्षिक प्रगती तथा २०८० / ०८१ को प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका कोषाध्यक्ष पर्शुराम खतिवडाले आर्थिक बर्ष २०७९ / ०८० को यथार्थ र २०८० / ०८१ को प्रस्तावित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखा सुपरीवेक्षण समिति संयोजक एबिन्द्र पाठकले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आर्थिक बर्ष २०७९ / ०८० को यथार्थ आम्दानी १० करोड, ९९ लाख, ७ हजार २ सय ६३ रुपैया छ भने  २०८० / ०८१ को अनुमानित आय १३ करोड ६२ लाख २० हजार ४ सय ६१ रुयैया रहेको छ । त्यस्तै आर्थिक बर्ष २०७९ / ०८० को यथार्थ खर्च ७ करोड ७४ लाख १२ हजार ८ सय २३ रुयैया रहेको छ भने २०८० / ०८१ को खर्च अनुमान ९ करोड ३३ लाख ७ हजार ३ सय ४४ रुपैया रहेको छ ।

आर्थिक बर्ष २०७९ / ०८० को यथार्थ आम्दानी ३ करोड २४ लाख ९४ हजार ४ सय ४० रहेको छ भने आर्थिक बर्ष २०८० / ०८्१ को अनुमानित आम्दानी ४ करोड २९ लाख १३ हजार १ सय १७ रुपैया रहेको छ ।कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र नं ३ का सांसद डा सुनिल शर्मा, विशिष्ट अतिथिहरु नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, क्षेत्र न ३ (क) का प्रदेशसभा सदस्य मानबहादुर लिम्बु, कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारी लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।



Leave a comment