विराटनगर । उर्लाबारीस्थित सूदर्शन बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत असोज २४ गतेदेखि सुरु भएको संस्थाको इकाइगत सधारणसभाअन्तर्गत पथरीशनिश्चरे, मिक्लाजुङ र दमकमा सम्पन्न भई शनिबार उर्लाबारीस्थित उद्योग वाणिज्य संघको सभाहलमा समापन भएको छ ।
संस्थाका अध्यक्ष गोपालप्रसाद भट्टराई अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता लगायतलाई चाँदीको सिक्का, प्रमाणपत्र र खदा ओडाएर सम्मान गरिएको छ । यस्तै तीन जना पत्रकारहरुलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ । सम्मानित हुनेमा उर्लाबारीका पत्रकारद्वय केदार चौहान, सरोज बस्नेत र दमकका विष्णु पोखरेल रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला सहकारी संघ मोरङका सचिव राकेश दाहालले सहकारीहरु उत्पादनमुखी भई शेयर सदस्यहरुको हितमा रहेर काम गर्नुपर्ने धारणा व्यक्त गरे । उनले सहकारीमा पुँजी थुप्रिएको भन्दै आँखा गाड्नेहरुले सहकारीको बारेमा जनमानसमा अनावश्यक भ्रम फैलाउने गरेकोले सतर्क रहन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्क उर्लाबारी शाखा प्रमुख विवेक रिजाल, उद्योग वाणिजय संघ उर्लाबारीका अध्यक्ष शेरबहादुर भण्डारी , मिक्लाजुङ गाउपालिका प्रमुख बबिकुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका लेखा समिती संयोजक राजु तिम्सिनाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन संस्थाका सदस्य घनश्याम भण्डारीले गरेका थिए।
मिक्लाजुङ् गाउपालिका प्रमुख बबिकुमार राईको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा,राष्ट्रिय सहकारी बैङ्क उर्लाबारी शाखाका प्रमुख विवेक रिजाल, संस्थाका संचालक समिती उपाध्यक्ष आरति भण्डारी, संस्थाका लेखा समिती संयोजक राजु तिम्सिना, संस्थाका कार्यकारी अधिकृत थरेन्द्र राज पौडेललगायतको आतिथ्यता रहेको थियो ।
मोरङ्को उर्लाबारी, पथरीशनिश्चरे र रतुवामाई नगरपालिका सहित मिक्लाजुङ् गाउपालिका र झापाको दमक, शिवसताक्षी, कन्काई, विर्तामोड, गौराहदह नगरपालिकाको वडा नम्बर १ र २ र कमल गाउपालिकासम्म कार्यक्षेत्र रहेको उक्त सहकारीमा जम्मा १० हजार १६ जना शेयर सदस्यहरु रहेका छन् ।
Leave a comment