हाइलाइट

सद्भाव साकोसद्धारा प्रहरी चौकीलाई पुस्तकालय हस्तान्तरण

सद्भाव साकोसद्धारा प्रहरी चौकीलाई पुस्तकालय हस्तान्तरण :: Sahakari Akhabar

विराटनगर । ६८ औं प्रहरी दिवसको अवसरमा सद्भाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले इलाका प्रहरी कार्यालय रंगेलीलाई मानव मष्तिष्क आकारको पुस्तकालय हस्तान्तरण गरेको छ । पुस्तकालय हस्तान्तरण पछि वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको सहकारीका अध्यक्ष कमलेश्वर ठाकुरले जानकारी दिए ।

सद्भाव साकोसको सहयोग गर प्राविधिक मावि रंगेलीको प्राविधिक संकायको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा  कैेदीबन्दी, शिक्षक, विद्यार्थी, प्रहरी  र सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । पुस्तकालयले कैदीबन्दीको तनाव व्यवस्थापन गर्न केही हदसम्म सहयोग गर्ने जनाईएको छ ।



Leave a comment