हाइलाइट

छिमेकी साकोसको अध्यक्षमा मैनाली

छिमेकी साकोसको अध्यक्षमा मैनाली :: Sahakari Akhabar

विराटनगर । झापाको शिवसताक्षीमा रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो निर्वाचन सहितको बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाले मोहनप्रसाद मैनालीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति सर्वसहमत चयन गरेको हो । यसअघि मैनाली सहकारीको उपाध्यक्ष रहेका थिए ।

समितिको उपाध्यक्षमा उदयप्रकाश राई, सचिवमा गणेश घिमिरे सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यमा विनोद सापकोटा, यज्ञप्रसाद ओली, कृष्णकुमार श्रेष्ठ, पर्शुराम ढुंगाना, नारायणप्रसाद ढकाल, संगिता कोईराला, लवकुमारी राई शेर्मा र शिवमाया दास निर्विरोध चयन भएका छन् ।

यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा यामप्रसाद खड्का सर्वसम्मत चयन भएका छन् । सो समितिको सदस्यहरुमा राजन न्यौपाने र तारा प्रसाईं चयन भएका छन् ।

असोज २२ गतेदेखि सुरु भएको छिमेकी बचत तथा ऋण सहकारी संस्थाको एकाईगत साधारणसभा संस्थाको प्रधान कार्यालय झिलझिलेमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

सहकारी संस्थाका निवर्तमान अध्यक्ष गणेश प्रधानले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै संस्थाको अभिभावक भएर सदस्यको पक्षमा काम गर्न आग्रह गरे ।

४ हजार २ सय ४० सदस्य रहेको सहकारी संस्थाको १४ करोड ३ लाख ६७ हजार ८०० रुपैयाँ चुक्ता पुँजी रहेको छ । ११ करोड ६३ लाख४४ हजार २४० रुपैयाँ आम्दानी गरेको सहकारी संस्थाले ३ करोड ५७ लाख ४७ हजार ७६ रुपैयाँ नाफा आर्जन गरेको छ । नाफाबाट सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गर्ने सो सहकारी संस्थाले जनाएको छ ।



Leave a comment