हाइलाइट

नरायणी साकोसमा नयाँ समिति चयन, अध्यक्षमा पुष्पराज भट्ट  

नरायणी साकोसमा नयाँ समिति चयन, अध्यक्षमा पुष्पराज भट्ट   :: Sahakari Akhabar

चितवन । नारायणी बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । शनिबार सम्पन्न संस्थाको २६ औँ बार्षिक साधारण सभाबाट अध्यक्षमा पुष्पराज भट्ट सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा सम्झना रेग्मी, सचिवमा हरिकृष्ण अधिकारी, कोषाध्यक्षमा दिनेश पङ्गेनी र सह सचिवमा भोजराज भट्टराई चयन भएका छन् ।

सभाले सदस्यहरुमा डिल्लीराम पन्थ, योगप्रसाद खरेल, लोकनाथ भुषाल, लोकराज सापकोटा, सीता कंडेल गौतम र ज्ञानु लुईंटेललाई सर्वसम्मत चयन गरेको निर्वाचन अधिकृत गोविन्द प्रसाद सिग्देलले जानकारी दिए ।

त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा केशव बहादुर पौडेल तथा सदस्यमा दामोदर पौडेल र मनोज थापा चयन भएका छन् ।

नव निर्वाचित समितिका पदाधिकारीहरुलाई संस्थापक अध्यक्ष श्याम प्रसाद ढुङ्गानाले संस्थाको श्रीवृद्धि, संस्थागत विकास, सदस्य केन्द्रीयता, गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न सक्षम होस भनि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष बिध्या कोईराला, भरतपुर वडा नं ५ का अध्यक्ष युद्ध प्रसाद श्रेष्ठ, लेखा सुपरीवेक्षण समिति संयोजक पुरुषोत्तम सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभामा सहसचिव हरिकृष्ण अधिकारीले प्रस्तुत गरेका १० वटा प्रस्तावहरु प्रस्तावहरु साधारण सभाले पारित गरेको व्यवस्थापक सुशील पाण्डेले जानकारी दिए ।



Leave a comment