हाइलाइट

आइडियल सहकारीको साधारण सभा सम्पन्न १८ प्रतिशत लाभांश पारित

आइडियल सहकारीको साधारण सभा सम्पन्न १८ प्रतिशत लाभांश पारित :: Sahakari Akhabar

राजविराज । आइडियल सहकारी संस्था संस्थाको २४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष गणेशकुमार आशको सभापतित्वमा सम्पन्न सभाले सदस्यहरुलाई १८ प्रतिशत लाभांस प्रस्ताव पारित गरेको छ ।

सभामा संस्थाका उपाध्यक्ष विजयानन्द झाले गत आर्थिक बर्ष २०७९र०८० को प्रतिवेदन प्रस्तुत गर्दै ८५ करोड ९० लाख ३८ हजार ७७८ रुपैयाँ निक्षेप संकलन तथा ८१ करोड ३६ लाख ७९ हजार ८ सय ५८ रुपैयाँ ऋण लगानी गरेको जानकारी दिए ।

संस्थाले चालु आर्थिक बर्षमा एक अर्ब ३ करोड ८ लाख ४६ हजार ५३३ रुपैयाँ निक्षेप संकलन गर्ने र ९७ करोड ६४ लाख १५ हजार ८२९ रुपैयाँ ऋण लगानी गर्ने लक्ष्य राखेको जनाइएको छ ।

संस्थाले गत आर्थिक बर्षमा कूल १८ करोड ९२ लाख १५ हजार ४८० रुपैयाँ आम्दानी गरेकोमा वितरणयोग्य खुद बचत भने ४ करोड ४७ लाख ४९ हजार ३२४ रहेको बताइएको छ ।

देशको विद्यमान आर्थिक मन्दिका बावजुद संस्थाको वासलात तथा आम्दानी र खर्चहरु अघिल्लो बर्षको तुलनामा केही घटेको भएपनि समग्र नाफा भने ७ प्रतिशतले बढेको संस्थाको लेखा तथा सुपरीवेक्षण समितिका सदस्य डम्बर प्रसाद महतोले बताए ।

सभामा नियमित बचतकर्ता रुद्रनारायण साह, ऋणी सदस्य भूपेन्द्र प्रसाद मण्डललाई सम्मान गरिएको थियो । यसैगरी संस्थामा लगातार दश बर्ष सेवा गरेका वरिष्ठ सहायकद्वय सुजाता देव र सावित्रा परियार तथा सहायक रघुनन्दन यादवलाई सम्मान सहित पुरस्कृत भएका छन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष गणेशकुमार आश अध्यक्षीय प्रतिवेदन, उपाध्यक्ष विजयानन्द झाले कोषाध्यक्षको प्रतिवेदन, सचिव शैलेश कुमार चौधरीले सचिवको प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिका सदस्य डम्बर प्रसाद महतोले लेखा तथा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।

सभामा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, पूर्व अध्यक्ष विष्णुकुमार मण्डल, शेयर सदस्यहरु मनोहर कुमार पोखरेल, विजयकुमार दास, मालती दास, कमालउद्दिनले शुभकामना मन्तब्य राखेका थिए ।



Leave a comment