ललितपुर । चापागाउँमा रहेको सिम्रीक बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रमेश आचार्यको अध्यक्षता तथा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको प्रमुख अतिथ्यतामा सम्पन्न सभामा सदस्यलाइ १८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको जनाइएको छ ।
संस्थागत पूँजि १०.२९ रहेको संस्थाको नेटवर्थ २३२ रुपैया रहेको छ भने १४ प्रतिशतले कोष वृद्धि भएको प्रतिबेदन सार्बजनिक गरेको छ । २२ करोडको कारोबार गरि ८१ लाख खुद मुनाफा आर्जन गरेको सभामा जानकारी दिइयो ।
नाफाको रकमबाट झन्डै ४ करोड रुपैया कोष ब्यबस्थापन गरेको संस्थामा २४.५५ तरलता रहेको छ । यसै बर्ष सहकारीले आफ्नै भवन समेत खरिद गरेको जानकारी गराइएको थियो । संस्थामा २ हजार ३६६ जना सदस्य रहेका छन् ।
सभामा नगरपालिका प्रमुख महर्जन, नगरपालिका सहकारी शाखा प्रमुख ऋषिराम अधिकारी, शुभकामना मन्तब्य राखेका थिए ।संस्थाले यसै बर्षदेखि सदस्य हित कोष खडा गरि सदस्यको समस्यामा सहयोग गर्ने गरि कार्यबिधी पारित गरेको छ ।
यसवर्ष एसइइ उतीर्ण २५ जना विद्यार्थी, सफल उद्यमी सदस्य, उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो । साधारणसभाले अध्यक्ष, कोषाध्यक्षको प्रतिवेदन तथा प्रस्ताव सर्बसम्मत रूपमा पारित गरेको छ ।
Leave a comment