गैँडाकोट । किसान बचत तथा ऋण सहकारी सस्थाको २८ औँ वार्षिक साधारणसभाको इकाइगत सभा सम्पन्न भएको छ । दुई ईकाईगतरुपमा भएको साधारण सभामा निर्वाचन समितिले पेश गरेको संचालक समितिको नामावली सर्वसम्मत पारित गरेको छ
सभाले सर्वसम्मत रुपमा संचालक समिति तथा लेखा समिति समेत चयन गरेको छ । संस्थाको आगामी चार वर्षकोलागि अध्यक्षमा भोजराज पौडेल, उपाध्यक्षमा चिन्तामणि कँडेल, सचिवमा सरस्वती कँडेल, कोषाध्यक्षमा राजेन्द्र गौतम, सहसचिवमा दुर्गाप्रसाद चालिसेलाई चयन गरेको छ ।
त्यस्तै सदस्यमा श्रीहरी चालिसे, गोपालप्रसाद गौतम, रेशमलाल सापकोटा, पार्वती कुमारी बराल, बालु पुरी, जयलाल पराजुली, नरबहादुर थापा, होमनाथ सुवेदी, नवराज सापकोटा, दुर्गादेवी कँडेल सापकोटा, देवी घिमिरे, प्रेमप्रसाद सापकोटा, निरज रेग्मी र कमला दवाडी चयन भएका छन् ।
सभाले लेखा सुपरिवेक्षण समिति संयोजकमा तिलकप्रसाद पराजुली तथा सदस्यमा विष्णुप्रसाद सापकोटा र प्रकाश खनाललाई चयन गरेको जनाइएको छ । निर्वाचन समिति संयोजक, अधिवक्ता रमेश काफ्लेले उम्मेदवारी विरुद्ध कुनैपनि दावी विरोध पर्न नआएकोले नामावली सार्वजनिक गरिएको बताए ।
सभामा संस्थाका अध्यक्ष श्रीहरि चालिसेले प्रस्तुत गरेको संस्थाको बार्षिक प्रतिवेदन तथा प्रस्तावहरू सर्वसम्मत सभाले पारित गरेको थियो । सभामा संस्थाका सचिव सरस्वती कंडेलले प्रगति विवरण एवं नीति तथा कार्यक्रम र कोषाध्यक्ष राजेन्द्र गौतमले आय–ब्यय एवं अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए
त्यसैगरी लेखा सुपरीवेक्षण समितीको प्रतिवेदन संयोजक चिन्तामणि कंडेलले प्रस्तुत गरेका थिए । संस्थाको अन्तिम सभा कार्तिक ३ गते हुने जनाइएको छ । मुख्य कार्यालय सहित २७ वटा सेवाकेन्द्र रहेको संस्थाका ८६ हजार सदस्य रहेका छन् ।
Leave a comment