हाइलाइट

सबै निकायका सहकारीमा नेफ्स्कूनका कार्यक्रम संचालन गर्न प्रतिवद्ध छु :बरिष्ठ उपाध्यक्ष

सबै निकायका सहकारीमा नेफ्स्कूनका कार्यक्रम संचालन गर्न प्रतिवद्ध छु :बरिष्ठ उपाध्यक्ष :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा शिक्षा तथा प्रवद्र्धनात्मक कार्यक्रमको खाँचो केन्द्रीय संघले पुरा गर्नुपर्ने बताएका छन् । उनले संघका सदस्यहरुलाई मात्र नभनी सवै तह तथा निकायमा भएका सहकारीको प्रवर्धन गर्नु संघहरुको कर्तव्य रहेको बताए ।

तीनकुनेमा भएको सन्दुस बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय तह र प्रदेश कार्यक्षेत्र रहेका संघ सस्थाहरुलाइ प्रदेश र स्थानीय तहसंग समन्वय गरि साझेदारी सहकारी शिक्षा र प्रवद्र्धन कार्यक्रम नेफ्स्कूनमार्फत संचालन गर्न आफू प्रतिवद्ध रहेको बताए ।

सहकारीका अभिभावक संघहरुले सवै सहकारीलाई स्थानीयतहसंग सहकार्य गरी सहकारी शिक्षा, तालिम, रोजगारसंग जोड्नुपर्ने उनको भनाई छ । अभिभावक संघहरुले सबै सहकारी संघ सस्थाहरुको गुणस्तरीय हुने नैसर्गिक अवसर विनासर्त पुरागरिदिनुपर्ने र त्यसकालागि आफ्नो पहिलो एजेण्डा भएको पनि उनले बताए ।

कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष मनोज श्रेष्ठले प्रस्तुत गरेका थिए । संस्थाले गत आवमा ३ करोड ६५ लाख ८१ हजार नौ सय रुपैंयाँ शेयरपूँजी, २६ करोड २९ लाख ६ हजार १३७ रुपैंयाँ निक्षेप संकलन भएको जनाए ।

त्यसैगरी संस्थाले ३५ करोड ९ लाख २७ हजार ४३८ रुपैंयाँ ऋण लगानी गरी ५ करोड ९६ लाख ४२ हजार २५० रुपैंयाँ कुल आम्दानी गरेको जनाइएको छ । संस्थाको जगेडा तथा अन्य कोषमा २ करोड ८८ लाख ५३ हजार २६४ रुपैंयाँ रहेको छ । संस्थाले यस आवमा ४२ करोड ४ लाख ४२ हजार ४१ रुपैंयाँ कुल कारोबार गरेको जनाइएको छ ।



Leave a comment