हाइलाइट

अतिथि र खादामाला रहित  पाँचतारा सहकारीको १६ औं बार्षिक साधारण सभा सम्पन्न 

अतिथि र खादामाला रहित  पाँचतारा सहकारीको १६ औं बार्षिक साधारण सभा सम्पन्न  :: Sahakari Akhabar

काठमाडौं। पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले अतिथि र खादामाला रहित १६औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाले साधारणसभालाई प्रभावकारी बनाउन र सदस्यहरुलाई अधिकतम छलफलमा सहभागी बनाउन सभाको मोडालिटीलाई फरक बनाएको हो।

साधारण सभाको उद्घाटन सत्रमा नै लामो समय लाग्ने र दोश्रो सत्रमा सदस्यहरुको उपस्थिति न्यून रहने हुँदा संस्थाले यस वर्षदेखि साधारण सभाको मोडालिटी परिवर्तन गरेको जनाएको छ । सभाको उद्घाटन संस्थाका अध्यक्ष भोला नाथ पाठकले गरेको थिए ।

संस्थाका अध्यक्ष पाठकले वार्षिक प्रतिवेदन  प्रस्तुत गर्दै  सभालाई सरल र कम खर्चिलो बनाउने उद्देश्यका साथ नियमनकारी निकायको निर्देशनलाई  समेत पालना गर्दै गत बर्षदेखि सदस्यहरुको माझमा  मात्र विभिन्न एजेन्डाहरु माथि वृहत छलफल गरी  साधारण सभा  गर्ने बताए ।

हरेक नेपालीमा स्वदेशी वस्तुको उत्पादन र प्रयोगमा देशव्यापी बनाउन सके मुलकबाट हरेक कुरामा परनिर्भरताको अन्त्य हुने उनको भनाई छ । यसका लागि कृषिजन्य तथा उपभोग्य वस्तुको उत्पादन बढाउन आवश्यक रहेको पाठकले बताए ।

सहकारी ऐनले बचत तथा ऋण सहकारी संस्थालाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न बन्देज गरेकाले जगेडा लगायतका अन्य  कोषलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्न नपाएको उनको भनाई छ ।

२५ वटा संस्था मिलेर व्यवसाय गर्न त्यति सहज नभएको भन्दै उनले कोषको सामाथ्र्य हेरी ५ वटासम्म संस्थालाई व्यवसायिक कार्य गर्न सक्ने गरी  सहजिकरण गर्न उनको माग छ ।

सहकारी, सदस्य र सरकारको सहभागिता रहने गरी उत्पादनमा जान सके सहरको पुँजी गाँउसम्म पुग्ने र सहरमा नै रहेका सरकारी खाली जग्गामा पनि उत्पादन गर्न सकिने उनको भनाई छ ।

संस्थाले विगत २ बर्ष देखि सदस्यहरुलाई उद्यमशिल बनाउन र संस्थागत रुपमा पनि उद्यमशिलतता विकासको लागि उद्यम खाता सञ्चालनमा ल्याएको र उक्त  खातामा ४५० सदस्यको सहभागिता रहेको उनले जानकारी दिए ।

उद्यमशिलताबाटै व्यक्ति र देशको आर्थिक अवस्था मजवुद बनाउन सकिने भएकाले सदस्यहरुलाई संस्थाबाट ऋण लिएर उद्यमी बन्न पाठकले आग्रह गरे ।

सदस्यहरुलाई क्षणिक ब्याजको प्रलोभनमा परेर आफ्नो संस्थामा कारोबार नछोड्न आग्रह गर्दै उनले जुनसुकै संस्थामा कारोबार नगर्न पनि सुझाव दिए ।

संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म ८ करोड ११ लाख शेयरपुँजी, ५ करोड ८६ लाख साधारण जगेडा कोष र ५२ करोड ५३ लाख ७९ हजार बचत संकलन गरी ६५ करोड ५६ लाख २३ हजार ऋण लगानी गरेको छ ।

संस्थाले गत आ.व.मा खुद नाफा १ करोड २२ लाख २५ हजार गरेको छ । सभाले शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोषबाट समेत गरी सदस्यलाई १५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । संस्थामा २११४ सदस्य आवद्ध रहेका छन् ।

संस्थामा आवद्ध कुल सदस्यमध्ये १५२० जनाले मासिक बचत गर्दै आएका छन् । मुलुकको आएको वित्तीय संकटका कारण संस्थाले गरेको ऋण लगानीको साँवाब्याज समयमा नआउँदा गत वर्षको तुलनामा नाफामा केहि कमी आएको अध्यक्ष पाठकले बताए ।

सभामा ७५ बर्ष माथीका  ज्येष्ठ सदस्यहरुलाई २ हजारका दरले  दशैं भत्ता उपलब्ध गराइएको थियो । कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७९।८० को आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सुशीला प्रसाईंले लेखा समितिको प्रतिवेदन सभामा  प्रस्तुत गरेका थिए ।  सभामा प्रस्तुत विभिन्न ११ वटा प्रस्तावलाई  सर्वसम्मतले अनुमोदन गरी पारित गरेको छ ।



Leave a comment