हाइलाइट

चन्द्रागिरिको बिस्तारित मञ्चमा ओमन्स क्रियशन साकोस बिच एकिकरणको सम्झौता

चन्द्रागिरिको बिस्तारित मञ्चमा ओमन्स क्रियशन साकोस बिच एकिकरणको सम्झौता :: Sahakari Akhabar

काडमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारीको आयोजनामा बाँसबारी गोल्फुटारमा असोज २५ गते सदस्य विस्तारित भेला सम्पन्न भएको छ । ओमन्स क्रियशन बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारण सभा र चन्द्रागिरि साकोसका सदस्यहरुको विस्तारित भेला एकै समारोहका विच सम्पन्न भएको थियो ।

दुई संस्थाहरु एकीकरण हुने सम्बन्धमा यही भाद्र १८ गते सहमती पत्रमा हस्ताक्षर भएको थियो । दुवै संस्थाको साधारण सभाबाट एकीकरणका प्रस्तावहरु पारित हुने कार्यसूची राखिएको थियो । ओमन्स क्रियशस साकोसले साधारण सभाबाट उक्त एकीकरण सम्बन्धी कार्यसूचीलाई सदर गर्ने निर्णय गरेको छ ।

त्यसैगरी चन्द्रागिरि साकोसको विभिन्न ईकाई सभाहरुबाट ओमन्स क्रियशन लगायत अन्य सहकारी संस्थाहरुसंग पनि एकीकरण गर्ने निर्णय पारित भएको छ । आगामी असोज २७ गतेको निर्णय प्रमाणीत गर्ने सभाबाट उक्त निर्णयहरु प्रमाणीत हुने कार्यक्रम रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा उक्त क्षेत्रका २०० जना भन्दा बढि सदस्यहरुको उपस्थिति रहेको थियो ।



Leave a comment