महिला साकोस इटहरीको स्थापना दिवसमा विभिन्न व्यक्तिलाई सम्मान

महिला साकोस इटहरीको स्थापना दिवसमा विभिन्न व्यक्तिलाई सम्मान :: Sahakari Akhabar

विराटनगर । सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले २६ औं स्थापना दिवस मनाएको छ । सहकारीले सोमबार एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । कोशी प्रदेशका सहकारी मध्ये उत्कृष्ट सहकारीको रुपमा आफ्नो पहिचाहन बनाएको सहकारी महिलाहरुले मात्र सञ्चालन गरेको सहकारी हो । सहकारीको ७ करोड भन्दा वढी सेयर पुँजी रहेको  सहकारीले जनाएको छ ।

सहकारीकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका रजिष्ट्रार हरिवहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय पत्रकार सुप्रिया राई सहित सहकारीसंग सम्वन्धीत विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

सम्मानीत हुनेहरुमा सहकारीकी उत्कृष्ट सञ्चालक मुना प्रसाई तिम्सिना , उत्कृष्ट पुर्व सञ्चालक धनकुमारी लिम्वु , उत्कृष्ट कर्मचारी दमन्ता गुरुगं लगायतका सेयर सदस्यका चिकित्सक र इन्जीनियर अध्ययनका लागि नाम निकाल्ने सन्तती लगायत रहेका छन ।

सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको महिला वचत तथा ऋण सहकारीका सुनसरी र मोरङमा गरेर ६ वटा सेवा केन्द्र रहेका छन् । सहकारीले ७२ करोडको कारोवार गरेको अध्यक्ष सुब्बाले जानकारी दिइन । उनले प्रविधिमा जोड दिदै सहकारीले मोवाईल वैकिङं , एटिएम लगायतका सेवा समेत सञ्चालन गरिरहेको वताइन । महिला बचत तथा ऋण सहकारीले २३ जनालाई रोजगारी दिएकोे सहकारीले जनाएको छ । 
 



Leave a comment