हाइलाइट

एकिकृत जनभावना साकोसको बार्षिक साधारण सभा सम्पन्न

एकिकृत जनभावना साकोसको बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

विराटनगर । मोरङको लेटाङमा रहेको एकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाले एकिकरण पश्चातको तेस्रो बार्षिक साधारणसभा आईतबार  सम्पन्न गरेको छ । इकाईगत रुपमा असोज १८ गतेबाट सुरु भएको सहकारीको साधारण सभा आईतबार साधारण सभाको माईन्युट प्रमाणिकरण गरी सम्पन्न भएको हो ।

स्थानिय ५ वटा बचत तथा ऋण कारोबार गर्ने सहकारी सस्थाहरुबिच एकिकरण पश्चातको तेस्रोे साधारण सभा सस्थाले ईकाईगत रुपमा ३ दिनसम्म बिभिन्न ३ वटा स्थानमा सभा संचालन गर्दै चौथो दिन निर्णय प्रमाणित गरी सम्पन्न गरेको हो ।

सस्थाका अध्यक्ष हेरम्बराज भट्टराईको सभाध्यक्षतामा संस्थाले असोज १८, १९ र २० गते क्रमसः केराबारी ९ भलुवाको हिमालय पेन्तीकोष्टल चर्चको हल, लेटाङ बजारको जनसेवा सामुदायिक बनको सभा हल र लेटाङ २ को मोरङ पाथिभरा इंलिस स्कुलमा साधारण सभा संचालन गरेको थियो ।

तीनबटै सभामा शेयर सदस्यहरुबाट उठेका बिषयहरुलाई छलफल गर्दै असोज २१ गते संस्थाकोे मुख्य कार्यलय लेटाङ २ फडानीको सभा हलमा ईकाईगत रुपमा छनौट भएका प्रतिनिधि, संचालन समिति, लेखा सुपरिबेक्षण समिति, बिभिन्न उपसमितिहरुको उपस्थितिमा निर्णय प्रमाणित गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

सहकारीमा ६ हजार ७ सय ८३ जना शेयर सदस्य रहेका छन् । १ हजार ९ सय ३९ जना बाल बचत कर्ता रहेका छन् ।  सहकारीको आर्थिक बर्ष २०७९÷०८० मा ८८ करोड १० लाख ६१ हजार ५ सय ०९ रुपैया चुक्तापुजि रहेको छ । १९ जना कर्मचारी र ६ वटा सेवा केन्द्र मार्फत सदस्यहरुलाई सेवा प्रदान गरिरहेको सहकारीले  आगामी आर्थिक बर्ष .२०८०÷०८१ मा १ अर्ब बढि चुक्तापुजी बनाउने लक्ष्य लिएको छ ।

ईकाईगत रुपमा भएका कार्यक्रमहरुमा संस्थाका बिभिन्न क्षेत्रमा उत्कृष्ठ कारोबार गर्ने ८० जना भन्दा  बढी शेयर सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान  गरिएको थियो । तीन बर्ष अघि लेटाङ २ मा स्थापित सहकारी सस्थाहरु फडानी, जनचाहना, गोदावरी, खैरेनी र धोबि साकोसबिच एकिकरण गरि मोरङ कै दोस्रो ठुलो बचत तथा ऋण सहकारीको रुपमा स्थापित भएको संस्थालाई निति, बिधि र प्रबिधिमा उत्कृष्ठ बनाउने निर्णय गर्दै सभा सम्पन्न गरेको सहकारीले जनाएको छ ।

ईकाईगत रुपमा बिभिन्न स्थानमा भएका साधारण सभाका कार्यक्रममा अतिथिका रुपमा मन्तव्य राख्ने बक्ताहरुले संस्थालाई प्रदेश कै नमुना संस्थाको रुपमा बनाउन निति, बिधि र प्रबिधिलाई सदस्यमुखी बनाएर जानुपर्नेमा जोड दिएका छन् ।

लेटाङ २ मा आयोजित सभालाई सम्बोधन गर्दै नेफ्स्कुनका पूर्ब महासचिब एबम प्रतिनिधि सभाका पूर्ब सांसद घनश्याम खतिवडाले सदस्यलाई सहज सेवा प्रबाह गर्न संस्थाले निति, बिधि र प्रबिधिमा चल्नुपर्ने बताए ।

उनले शेयर सदस्यले खाईनखाई जम्मा गरेको रकम सहि रुपमा लगानी गर्न तथा अशुली गर्नुपर्ने बताउदैे संस्थाबाट ऋण लिएर तिर्न अटेर गर्ने सदस्यलाई कानुनी दायरामा लगेर भए पनि ऋण असुल उपर गर्नुपर्ने बताए ।

त्यसैगरी बिशेष अतिथिको रुपमा मन्तव्य राख्दै लेटाङ नगरपालिका प्रमुख भुपेन्द्र कुमार लावतीले सहकारी संस्थामा बिभिन्न किसिमका बिकृतिहरु देखिएकोले शेयर सदरस्य , संचालक समिति, लेखा सुपेरिक्षण समितीले जिम्मेवारपूर्बक काम गर्नुपर्ने बताए ।

त्यस्तैे लेटाङ वडा नम्बर २ का वडा अध्यक्ष तेज प्रसाद तिम्सीनाले सदस्य केन्द्रीत सेवालाई व्यवस्थीत गर्न र एक व्यक्ति, एक सहकारीको अबधारण बनाउन वडा क्षेत्रका ५ वटा बचत सहकारीहरुलाई एकिकरण गरेको बताउदै तिम्सीनाले बाह्य क्षेत्रबाट आएका बित्तिय संस्थाहरुमा सदस्यहरुको आकर्षण बढ्नुको कारण खोज्न र संस्थाले दिने सेवालाई प्रभावकारी बनाउन संचालक समितिलाई आग्रह गरे ।

साधारणसभामा केराबारी गाँउपालिका सहकारी समन्वय समिति अध्यक्ष डिल्लीराम शर्माले अहिले सहकारी संस्थाहरुमा चारैतिरबाट आक्रमण भैरहेको सन्दर्भ उठाउदै सरोकारवाला सबैलाई जिम्मेबार र सचेत भएर संस्था संचालन गर्न आग्रह गरे ।

सहकारीले लेटाङमा आयोजना गरेको सभाको प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौलाले सहकारी मार्फत नगर क्षेत्रका नागरिकलाई जिबनस्तर उकास्नमा मद्धत गरेको बताउदै नगरपालिका साझेदारी रुपमा अघि बढ्न तयार रहेको बताईन ।

सरकारको बजेटले सबै क्षेत्रको सर्बागिण बिकास गर्न सम्भब नहुने तर सहकारी संस्था सबै बर्ग समुदायको दैनिक जिबन संचालनको सारथी बनेको प्रसंग गठाउदै उपप्रमुख निरौलाले लेटाङ नगरपालिका सहकारी क्षेत्रको संरक्षण र प्रबर्धनमा निरन्तर लागिरहने बताईन । सो कार्यक्रमका बिशेष अतिथि श्री प्रसाद ढकालले सहकारीले युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न कृषि उद्यम परियोजना संचालनमा प्रोत्साहनमा सहुलियत ऋणको प्रबन्ध गर्नुपर्ने बताए ।



Leave a comment