बिराटनगर । झापामाको शिवसताक्षीमा रहेको छिमेकी वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७९ / ०८० मा ११ करोड ६३ लाख ४४ हजार १४० रुपैँया आम्दानी गरेको छ। सहकरीले ३ करोड ५७ लाख ७४ हजार ७७ रूपैयाँ खुद नाफा गरेको हो ।
संस्थाको १७ औ वार्षिक साधरण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार १४ करोड ३ लाख ६७ हजार ८०० रुपैँया चुक्ता शेयर पुँजी रहेको छ ।
सहकारीको मंगलबारे, जनता सेवाकेन्द्र साथै कनकाईको सुरुङा दमकको दमक र कमल गाँउपालिकाको केर्खामा गरि पाँचवटा सेवाकेन्द्र रहेका छन ।
गत आर्थिक वर्षमा छिमेकीले ३९ करोड २० लाख ८० हजार ८५१ रुपैयाँ निक्षेप संकलन गरेको संस्थाका कार्यकारी निर्देशक नरप्रसाद ओली (नविन)ले जानकारी दिए । उनका अनुसार आर्थिक मन्दिका वाबजुत पनि निक्षेप र कर्जा असुरी दर संस्थाको लक्ष्य अनुसारनै भएको छ ।
गत आवको असार मसान्तमा ६५ करोड ३४ लाख ८७ हजार ५३५ रुपैयाँ लगानीमा रहेको ओलिले बताए । चालु आवको यो अवधी सम्ममा उक्त अंक घटेको निर्देशक ओलीले बताए ।
४ हजार २४० जना शेयर सदस्य रहेको संस्थाले सम्पती र दायित्व गरेर ८६ करोड ५ लाख ८४ हजार ७२१ को वासलात बनाउन समेत सफल भएको छ । सहकारीको ४ करोड ६७ लाख २७ हजार १५३ रुपैयाँको सुरक्षीत पुँजी कोष छ ।
संस्थाको भवन झिलझिलेमा सोमबार देखि सुरु इकाईगत साधरणसभा असोज २७ गते सम्पन्न हुने छ । मंगलबार जनता, बुधवार दमक, बिहीबार मंगलबारे, शुक्रबार सुरुङगा र कमलको केर्खाबाट सदस्यको राय सुझाव संकलन गरेर २७ गते शनिवार झिलझिले स्थित प्रधान कार्यालयबाट नयाँ नेतृत्व सहित संस्थाको सत्र्रौ वार्षिक साधरण सभा सम्पन्न हुने सहकारीले जनाएको छ ।
साधरणसभाको उद्घाटन सत्रमा संस्थाका पाँच जना कर्मचारीलाई नगद सहित सम्मान गरिएको थियो । माधव पोख्रेल झिलझिले, मिना अधिकारी दमक, लक्ष्मण तामाङ झिलझिले र रमेश ढकाल केर्खा सेवा केन्द्रका कर्मचारी नगद ५ हजार १०५ नगद सहित सम्मानित भएका हुन । सम्मानितहरुलाइ सहकारीका सदस्य यज्ञराज ओलीले सम्मान गरेका हुन ।
यस्तै संस्थाले शुसिल न्यौपाने, केशव आचार्य, खगमाया अधिकारी र गरिमा श्रेष्ठलाई पनि सम्मान गरेको छ । यसैगरी संस्थाका पूर्व कर्मचारी नेत्र कोइरालाई सहकारीले सम्मान सहित विदाई गरिएको छ । उनले संस्थाबाट स्वेच्छिक अवकास लिएका थिए ।
छिमेकी वचत तथा ऋण सहकारी संस्थामा नियमित कारोवार गर्ने जगतमणी उप्रेती, राजन ९नवराज० न्यौपाने सहित ३९ जनालाई सस्थाले सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष गणेश प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतको उपस्थिती रहेको थियो । पर्शुराम ढुंगानाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव उदय प्रकाश राईले गरेका थिए ।
Leave a comment