भक्तपुर । सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २५औँ वार्षिक साधारण सभामा विद्यार्थी लगायत सदस्य र विभिन्न क्षेत्रमा योगदान गर्ने मानिसलाई सम्मान गरिएको छ । संस्थाको असोज २० गते सम्पन्न सभामा संस्थाका उत्कृष्ट बचतकर्ता मनोजलाल अमात्य, उत्कृष्ट ऋणी विष्णुकेशरी ताम्रकार, उत्कृष्ट कर्मचारी रामेश्वरी शिल्पकारलाई सम्मान गरेको छ ।
त्यसैगरी एसइइमा उत्कृष्ट अंक प्राप्त गर्ने सदस्यका छोरछेरी २७ जना र कक्षा १२ का १६ जना विद्यार्थीलाई पनि सम्मान गरेको छ । संस्थाले संस्थाका ३४ जना ज्येष्ठ सदस्य र संस्थाको रजत वर्षको लोगो डिजाइनर राजमान कर्माचार्यलाई पनि सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्व तथ संस्कृति तथा इतिहासका अन्वेषक प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठको प्रमुख आतिथ्यता सभा सम्पन्न गरेको हो । प्रमुख अतिथी प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठले सम्मान तथा पुरस्कारहरु बितरण गरेका थिए । प्रमुख अतिथी श्रेष्ठले सामूहिक सहकारीले स्थापनाकालदेखि छवि उच्च बनाउदै समाजम रम्रे छाप छोड्न सफल भएको बताए ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव जगनाथ प्रजापति, जिल्ला सहकारी संघका संचालक सहना पसखल र राष्ट्रिय सहकारी बैँकका शाखा प्रमुख मुना के.सीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका सचिब कृष्णहरि सैँजुबाट प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष अशोकरत्न शाक्यबाट प्रस्तुत आर्थिक प्रतिवेदन, आन्तरिक लेखा परिक्षक नित्यनाथ श्रेष्ठबाट प्रस्तुत आन्तरिक लेखापरीक्षण प्रतिवेदन र बाह्य लेखापरीक्षकको प्रतिवेदन अनमोदन गरी पारित गरिएको थियो ।
कार्यक्रमबाट निर्विरोध रुपमा राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र बलराम भुजुको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित भएका छन् ।
Leave a comment