हाइलाइट

सामुहिक साकोसमा नयाँ संचालक समिति चयन, सभामा ४३ जना विद्यार्थी, ३४ जना ज्येष्ठ सदस्य सम्मानीत

सामुहिक साकोसमा नयाँ संचालक समिति चयन, सभामा ४३ जना विद्यार्थी, ३४ जना ज्येष्ठ सदस्य सम्मानीत :: Sahakari Akhabar

भक्तपुर । सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २५औँ वार्षिक साधारण सभामा विद्यार्थी लगायत सदस्य र विभिन्न क्षेत्रमा योगदान गर्ने मानिसलाई सम्मान गरिएको छ ।  संस्थाको असोज २० गते सम्पन्न सभामा संस्थाका उत्कृष्ट बचतकर्ता मनोजलाल अमात्य, उत्कृष्ट ऋणी विष्णुकेशरी ताम्रकार, उत्कृष्ट कर्मचारी रामेश्वरी शिल्पकारलाई सम्मान गरेको छ ।

त्यसैगरी एसइइमा उत्कृष्ट अंक प्राप्त गर्ने सदस्यका छोरछेरी २७ जना र कक्षा १२ का १६ जना विद्यार्थीलाई पनि सम्मान गरेको छ । संस्थाले संस्थाका ३४ जना ज्येष्ठ सदस्य र संस्थाको रजत वर्षको लोगो डिजाइनर राजमान कर्माचार्यलाई पनि सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्व तथ संस्कृति तथा इतिहासका अन्वेषक प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठको प्रमुख आतिथ्यता सभा सम्पन्न गरेको हो । प्रमुख अतिथी प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठले सम्मान तथा पुरस्कारहरु बितरण गरेका थिए । प्रमुख अतिथी श्रेष्ठले सामूहिक सहकारीले स्थापनाकालदेखि छवि उच्च बनाउदै समाजम रम्रे छाप छोड्न सफल भएको बताए ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव जगनाथ प्रजापति, जिल्ला सहकारी संघका संचालक सहना पसखल र राष्ट्रिय सहकारी बैँकका शाखा प्रमुख मुना के.सीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका सचिब कृष्णहरि सैँजुबाट प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष अशोकरत्न शाक्यबाट प्रस्तुत आर्थिक प्रतिवेदन, आन्तरिक लेखा परिक्षक नित्यनाथ श्रेष्ठबाट प्रस्तुत आन्तरिक लेखापरीक्षण प्रतिवेदन र बाह्य लेखापरीक्षकको प्रतिवेदन अनमोदन गरी पारित गरिएको थियो ।

कार्यक्रमबाट निर्विरोध रुपमा राजाभाई भेले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र बलराम भुजुको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित भएका छन् । 
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000