काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बालाई बनेपाको पब्लिक सुत्रधार बहुउद्देश्यीय सहकारी संस्थाले सम्मान गरेको छ । संस्थाको २३ औं बार्षिक साधारण सभाको अवसरमा सुब्बालाइ सम्मान गरेको हो ।
संस्थाले २५ बर्षभन्दा बढी सहकारी अभियानको विकास, प्रवर्धन तथा सुदृढीकरणमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको संस्थाले जनाएको छ ।
काभ्रे जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङ र संस्थाका अध्यक्ष महेशकुमार कर्माचार्यले सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका थिए । सुब्बा यसै वर्ष झापाको मेची बहुउद्देश्यीय सहकारी संस्थाबाट गणेश बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट पनि सम्मानीत भएकी हुन् ।
Leave a comment