हाइलाइट

स्कोप सहकारीको ३० औ बार्षिक साधारण सभा सम्पन्न,सदस्य तथा कर्मचारी सम्मानीत

स्कोप सहकारीको ३० औ बार्षिक साधारण सभा सम्पन्न,सदस्य तथा कर्मचारी सम्मानीत :: Sahakari Akhabar

ललितपुर । स्कोप बचत तथा ऋण सहकारी संस्थाको ३० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा २५ बर्ष पुरा भएका १४१ जना सदस्यहरुलाई संस्थाले सम्मान गरेका छ । साथै संस्थामा १५ वर्ष भन्दा बढि समय सेवा गरेका कर्मचारीहरु प्रवन्धक, बाबु राजा बज्राचार्य, वरिष्ठ कार्यालय सहायक,सरिता बज्राचार्य, कार्यालय सहायक,स्मृति बज्राचार्य र सुरक्षा गार्ड, कृष्णराज बज्राचार्यलाई दिर्घसेवी कर्मचारी सम्मान २०८० ले सम्मान गरिएको थियो । 

सभाको उद्घाटन संस्थाका अध्यक्ष वीर काजी शाक्यले गरेका थिए । सभामा अध्यक्ष वीरकाजी शाक्यले बार्षिक प्रतिवेद प्रस्तुत गर्दै सहकारी संस्थाहरुले रोजगारी सृजना, महिला सशक्तीकरण र वित्तीय पहुँचमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताए । सदस्यबाट संकलित बचतलाई सिमित व्यक्तिले परिचालन गरेको कारण सदस्यहरुको बचत फिर्ता गर्न नसक्दा सहकारी प्रति आम सदस्यको विश्वास घटेको उनले बताए ।

संस्थामा गत असार मसान्तसम्म ७ करोड ८ लाख २६ हजार शेयर पुँजी र ९७ करोड २४ लाख ६५ हजार कुल सम्पत्ति पुगेको जनाइएको छ । संस्थाको जगेडा तथा अन्य कोषमा गरी ११ करोड  ८७ लाख ६२ हजार पुगेको छ । संस्थाले गत आर्थिक बर्षको असार मसान्तसम्म ७१ करोड ५५ लाख ८१ हजार बचत संकलन, ऋण लगानी ७४ करोड २० लाख ६९ हजार र करमा ७५ लाख २८ हजार योगदान गरेको जनायो ।

संस्थाले त्यस अवधिमा २ करोड १६ लाख ४६ हजार खुद बचत आर्जन गरेको छ । संस्थाले चालु आर्थिक बर्षमा सदस्य वृद्धि गर्ने, रोजगार मुलक परियोजनाका लागि ऋण लिई रोजगारी सृजनामा गरेको योगदानका आधारमा  सदस्यहरुलाई ब्याजदरमा छुट दिने,सहकारी शिक्षा र वित्तीय साक्षरता सञ्चालन गर्ने  योजना बनाएको छ ।

सभामा लेखासुपरिवेक्षण समितिको तर्फबाट संयोजक मैया बज्रचार्यले समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको विद्यमान निष्कृय बचतहरुलाई परिमार्जन गर्न सुझाव दिईन् । सभाको सञ्चालन सचिव आनन्द वीर बज्राचार्यले गरेको थिए । सभाले सदस्यलाई १२ प्रतिशत लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ । संस्थामा४ हजार ५६१ सदस्य आवद्ध रहेको छन् ।



Leave a comment