काठमाडौं । नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेतृत्वले आफ्ना कमजोरी छुपाउन उपत्यकाका सहकारीलाइ दोष लगाउने गरेको बताएका छन् । उनले आर्थिक मन्दिका कारण सबै क्षेत्रमा परेको असरले सहकारीमा पनि तरलता अभावजस्ता समस्या देखिएको भएपनि सहकारी नेताहरु समस्या समाधानबाट पछि हटेको बताए ।
काठमाडौंको बत्तिसपुतलीमा रहेको नवमैत्री बचत तथा ऋण सहकारीको चौथो बार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले सहकारीका नेतृत्वले काठमाडौ उपत्यका भित्रका सहकारीमा धेरै समस्या छ भनेर तर्कन खोज्नु उचित नभएको बताए।
उनले भने ‘नेतृत्वले आफ्ना कमजोरी छुपाउन सहकारीहरुलाइ दोषारोपण गर्ने गरेको पाइन्छ, अरुलाइ दोषारोपण गर्ने समय सहकारीहरुलाइ कसरी पुरानै लयमा लैजाने भन्ने विषयमा खर्चिदा राम्रो हुन्छ ।’ सहकारी नेतृत्व सहकारी मैत्री हुनसक्यो भने सहरका सहकारी पनि समुदाय मैत्री हुने उनको भनाई छ ।
मुलुक सघियतामा गइसकेकोले अब सबै स्थानीय तहले आफ्ना नागरिकलाई सहकारीमा आवद्ध गराउन सहकारी अभियानसंग सहकार्य गर्न सक्नुपर्ने उनले बताए । उनले भने ‘सबै नागरिक सहकारीमा आबद्ध हुनु नै संविधानको सहकारी मार्फत समृद्धिको भावना मुखारित हुन सक्ने हुँदा अब बिलम्ब गर्नुहुदैन ।’ कार्यक्रममा संस्थाका अध्यक्ष किरण बर्तौलाले आर्थिक वर्ष ०७८ / ०८० को संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Leave a comment