रामेछाप । रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारीको २५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आश्विन ९ गते बाट १७ गतेसम्म सस्थाको कार्यक्षेत्रका विभिन्न स्थानमा क्षेत्रगत रुपमा वार्षिक साधारण सभा सम्पन्न गरि असोज २० गते मन्थलीको सामुदायिक आवास भवनमा प्रमाणिकरण सभा समापन गरेको हो । संस्थाका अध्यक्ष श्याम थापाको सभापतित्व तथा मन्थली नगर प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको छ ।
साधारण सभाको अवसरमा संस्थाले नेपाल रेडक्रस सोसाईटी रामेछाप मन्थलीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत गरेको थियो । रजत बर्ष समेत भएकाले सभामा संस्थाका ८० बर्ष माथिका ४९ जना सदस्यलाई सम्मान गरिएको थियो । सभामा असल ऋणी सदस्य र उत्कृष्ठ बचतकर्ता गरी ३० जना शेयर सदस्यलाई पनि सम्मान गरिएको संस्थाका ब्यवस्थापक रमेश उदाशले जानकारी दिए ।
सभामा सस्थाका सचिव सोमेश थापाले निति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए । उक्त सभामा आर्थिक वर्ष २०७९ / ०८० को अन्त्यमा संस्थाको कुल सम्पत्ति रु ६६ करोड ४८, लाख १९ हजार कुल बचत र ५० करोड ५१ लाख ६६ हजार ,शेयर पूँजी ४ करोड ७६ लाख रहेको जनाइएको छ ।
संस्थाको लगानीमा रहेको ऋण ४० करोड ५२ लाख, संस्थागत पूँजी ६ करोड ३६ लाख र संचालन मूनाफा करकट्टी अघिको १ करोड २६ लाख रहेको कोषाध्यक्ष नारायण बहादुर कार्कीले जानकारी गराए । साथै सभाले सदस्यहरुलाई ८।२५ प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा र ऋणमा योगदान गर्ने सदस्यहरुलाई २० लाख ५९ हजार वितरण गर्ने निर्णय गरेको छ ।
Leave a comment