हाइलाइट

महालक्ष्मी साकोसको अध्यक्षमा पुनः गौतम 

महालक्ष्मी साकोसको अध्यक्षमा पुनः गौतम  :: Sahakari Akhabar

विराटनगर । मोरङ्गको बुढीगंगा गाउँपालिका ४ मा रहेको महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः खेमराज गौतम सर्वसहमत निर्वाचित भएका छन् । सहकारीको सम्पन्न निर्वाचन सहितको २५ आंै बार्षिक साधारण सभामा नयाँ नेतृत्व चयन गरेको हो ।

सहकारीको उपाध्यक्षमा हरी बहादुर बिष्ट, सचिबमा  केशब प्रसाद ढुंगाना , सह–सचिवमा अहमद मिया र कोषाध्यक्षमा रीता खड्का(माझी) पनि सर्वसहमत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा लोचन पौडेल,गुडराज भट्टराई, कल्पना भण्डारी,देबकुमारी निरौला, नजामुध्दीन मिया र प्रकाश भट्टराई पनि सर्वसहमत चयन भएका हुन ।

सहकारीको लेखा संयोजकमा नबिनराज पौडेल चयन भएका छन् भने सदस्यमा चन्द्रपसाद्र निरौला र सिर्जना ढकाल कोईराल ाचयन भएका छन् ।

सहकारीको शेयर पूँजी ६० लाख ३८ हजार ५ सय रुपैया रहेको छ भने बचत ४ करोड १६ लाख ३० हजार १७ रुपैया ४१ पैसा रहेको छ । सहकारीले  ४ करोड ०४ लाख ७८ हजार रुपैया ऋण लगानी गरेको छ। सहकारीमा ७११ जना सदस्य रहेका छन् । जसमा पुरुष ३२१ जना र महिला३९० जना रहेका छन् ।



Leave a comment