हाइलाइट

रेमिट साकोसको बचत १२ करोड नाघ्यो 

रेमिट साकोसको बचत १२ करोड नाघ्यो  :: Sahakari Akhabar

विराटनगर । मोरङ्गको ग्रामथान गाउँपालिका २ झोराहाटमा रहेको रेमिट बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले आफ्नो ११ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ ।

सहकारीकी अध्यक्ष उमा घिमिरेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष घिमिरेले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन । त्यस्तै लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक ढुना देवी गुरागाईंले प्रस्तुत गरेकी थिईन ।

प्रस्तुत प्रतिवेदन अनुसार सहकारीको शेयर पूँजी ३ करोड ४४ लाख ४८ हजार रूपैया रहेको छ भने बचत १२ करोड ६२ लाख ३२ हजार ४ सय ५३ रूपैया रहेको छ ।  सहकारीले  ७१ लाख ५१ हजार २९३ रूपैया नाफा कमाएको छ ।

सहकारीले मासिक बचत,ज्येष्ठ नागरिक बचत,बालबालिका बचत,यूवा बचत,दैनिक बचत,शेयर धनी बचत,आवधिक बचत (मुद्धति), १ बर्षे आवधिक बचत,१ बर्ष भन्दा माथिको आवधिक बचत लगायतका बचत कार्यक्रमहरू सञ्चालन गरिरहेको प्रतिवेदनमा उल्ल्ेख गरिएको छ । सहकारीमा २७२४ जना सदस्य रहेका छन् ।

सहकारीमा बचत भन्दा शेयर निकै कम भएकाले शेयर  सदस्यहरूलाई न्यूनतम २० हजार शेयर रकम पुर्याउन सदस्यहरुलाई आग्रह गरिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीले एम्बुलेन्स सञ्चालन गरिरहेको छ र आफ्ना शेयर सदस्यलाई १० प्रतिशत छुट दिदै आएको प्रस्तुत प्रतिवेदनमा जनाईएको छ।

सहकारीले आफ्ना शेयर सदस्इलाई सहयोग पुग्ने उदेश्यल सुत्केरी भर्ता वितरण, मृत्यु भएमा काजक्रिया खर्च, घर आगलागी भएमा विभिन्न आवश्यक सहयोग, डुबान क्षेत्र भएकाले बषाृतको समयमा सदस्यको घर डुवानमा पर्दा आवश्यक सहयोग, विभिन्न दिर्घरोगीहरुको लागि आर्थिक सहयोग लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिवेदनमा जनाईएको छ। साधारण सभामा सहकारीले स्थानीय पत्रकार बाबुराम मुडियारी, जेष्ठ सदस्य,  उत्कृष्ट बचत कर्ता लगायत १० जनालाई सम्मान गरेको छ ।



Leave a comment